19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

संविधान संशोधन नभए सडक आन्दोलनः महतो

- Advertisement -
- Advertisement -spot_imgspot_img

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए आफुहरुले पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शनिबार राजविराजमा आयोजित कार्यक्रममा महतोले मधेश गठबन्धनले निर्वाचनमा मधेशी जनताको जनादेश पाएअनुसार संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

मधेशी जनताको जनादेशले छ मधेशवादी दललाई एकै छातामुनि ल्याएको भन्दै उनले निर्वाचनको परिणाम कुनै दलको नभएर मधेशी जनताको भएको जिकिर गरे ।

मधेशी जनताले दिएको जनाधिकारको तीन ठूला दलले समेत स्वीकार गरी संविधान संशोधन गर्नुपर्ने महतोले बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!