19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

इपीएल क्रिकेटः पोखरा राईनोजद्धारा चितवन टाईगर्स १० विकेटले पराजित

- Advertisement -
- Advertisement -spot_imgspot_img

काठमाडौंमा जारी सर्वाधिक चर्चित एभरेष्ट प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तरगत पहिलो खेलमा चितवन टाईगर्स १० विकेटले पराजित भएको छ ।

चितवनले दिएको ११४ रनको झिनो लक्ष्य पोखरा राईनोजले १७.४ ओभरमा विना विकेट लक्ष्य पुरा गर्‍यो । पोखरा राईनोजका लागि पाकिस्तानी खेलाडी इसरहुल्लाले नटआउट ६१ रन बनाए भने सुनिल धमलाले नटआउट ४६ रन बनाए । यसअघि टस हारेर पहिले व्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११३ मात्र रन जोड्न सक्यो । २ ओभरमा २ विकेट गुमाएको चितवनको पारी दीपेन्द्र सिंह ऐरी र अनिल मण्डलले उकासे । उनीहरुले ६७ रनको साझेदारी गरे । कप्तान ऐरीले सर्वाधिक ४२ रनको योगदान दिए । ३२ बल खेलेका दीपेन्द्रले ६ चौका र एक छक्का प्रहार गरे । यस्तै ओपनर अनिल मण्डलले ३२ रन बनाए । ४४ बलमा उनले ३ चौका र एक छक्का प्रहार गरे । यस्तै ओपनर दिलिपनाथले ६, भीम सार्की ८, योगेन्द्र सिंह कार्की ७ र प्रविन गुप्ताले २ रन बनाए । भारतीय खेलाडी सावेज खान शून्यमै आउट भए भने प्रमेश कुमार ३ र प्रविन गुप्ताले २ रन मात्रै जोड ।

पोखराका लागि पाकिस्तानी बलर इसरहुल्लाले ४, ताज वालीले ३ विकेट लिए भने शक्ति गौचन र विक्रम शोवले एक/एक विकेट लिए ।             पुष-४,२०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!