27 C
Kathmandu
Tuesday, January 19, 2021
2021 Jan 19, Tuesday 10:08

TRENDING .

माटोको चुलोले दैनीकी चलाउदै शौभागि

- Advertisement -

माटोको चुलोले दैनीकी चलाउदै शौभागि

कल्पना कुवंर

नवलपरासी–आधुनिकता संगै परम्परागत औजार तथा प्रविधी हराउदै गएको छ । हराउदै गएका विभिन्न प्रविधी मध्य परम्परागत चुलो पनि एक हो । शहरी क्षेत्रमा माटोबाट निर्मीत चुलो हराएपनि विपन्न बस्ति र ग्रामीण क्षेत्रमा अझै पनि माटोको चुलो प्रचलनमा छ । यही लोप हुन लागेको चुलोबाट मध्यविन्दु १ की शौभागि महतोको भने विविकोपार्जन चल्दै आएको छ ।

सेतापानी सकुम्बासी बस्तीमा बस्दै आईरहेकी महताले माटोबाट चुलो लगायत अन्य सामानहरु बनाउदै आईरहेकी छन् । विशेष गरी थारुहरुको घरमा पहिले देखि नै माटोको सामान बनाउदै प्रयोग गर्ने गरेको पाइन्छ । थारु जातीमा छोरी चेलि लाई माटोका सामान बनाउन सिकाने गरीन्छ । महतोले समेत परम्परागतरुपमा नै

यो सिप सिकेकी हुन् । अहीले यही सिपले उनले आफ्नो परिवारको दैनीकी धानेकी छन् । बिगत पन्ध्र बर्ष देखी माटोको चुलो बनाएर गाउंमा नै बेच्ने गर्दछीन् ।

चुलो पनि धेरै प्रकारका हुन्छन् जसमध्य पेनिलागको चुलो बढी बिक्रि हुने गरेको बताउछिन् । पेनिलागेको चुलो बिशेष गरी शहरमा बस्नेहरुले खरिद गर्न आउछन् यो जुनसुकै ठाउमा पनि सजिलै सार्न लैजान सकिन्छ त्यसैले गर्दा पवन पेनिलागेको चुलोको बजारमा माग बढी रहेको छ । माटोमा धानको भुष मिसाएर अलि सारो गरी माटो मुस्ने र माटोमा हावा जान नदिनका लागि प्लास्टिक वा अन्य कुनै सामानले केहिबेर छोपेर राख्ने गरीन्छ । आफ्नै खेत छैन खेत नभएकै कारण धानको भुषको लागि धान काट्ने सिजनमा उनि अर्काको मेला गएर पाउने पैसा बापत उनि धानको भुष लिएर आउछिन् र त्यसलाई भण्डारण गर्ने गर्छीन् ।

गर्मि मौषममा माटोको सामान बनाएर राखने गर्दछिन् । चिसो मौसममा एउटा चुलो सुक्न कम्तिमा एक हप्ता सम्म लाग्ने गरेको उनि बताउछिन । अहिले सम्म माटोको चुलो बनाएर बाहिर बजारमा बेच्नको लागि नगएको माटोको चुलो लिन कावासोती बाट मात्र नभई गैंडाकोट देखि विभिन्न स्थानबाट ग्राहक घरमा नै आउने गर्दछन् । एउटा चुलोको एक सय देखि एक सय पचास रुपैया सम्ममा विक्री हुने गरेको छ । श्रीमान असक्त भएका कारण बाहिर काममा जान सक्दैनन् अहिले सम्म घरको सम्मुर्ण खर्च माटाको चुलो बनाएर नै गुजारा चलिरहेको छ उनले भनिन् । उनले माटो बाट चुलो मात्र नभइ माटोबाट बन्ने डेहेरी,माछा,मासु सुकाउने भाडा,हाण्डी,माटोकै धान राख्ने घैला लगाएतका सामानहरु बनाउदै आएकी छन् । पुष-४,२०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्