27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 02:42

TRENDING .

चितवनमा २२ जनाको मृत्यु, ४२ जना घाईते, २१ लाख बढि राजश्व संकलन

- Advertisement -

चितवनमा पछिल्लो एक माहिनामा मात्रै सवारी दुर्घटनाबाट २२ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि ४२ जना घाईते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको तथ्यांक अनुसार मंसिर महिनामा मात्रै विभिन्न सवारी दुर्घटनामा परि २२ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मंसिर महिनामा १९ वटा दुर्घटना भएका थिए । प्रहरीले यस अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ९ सय ५० वटा सवारी सधानलाई कारवाही समेत गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले ठूला सवारी दुर्घटनाका कारण चितवनमा एकै महिनामा करिव दुई जना व्यक्तिको ज्यान गएको बताउनुभयो । उहाँले केही साता अघि त्रिशुलीमा बस दुर्घटना हुँदा धेरै यात्रुको मृत्यु भएको र अन्य दुर्घटनामा केहीको मृत्यु भएको बताउनुभयो । उहाँले चितवनमा दुर्घटना न्यूनीकरणका धेरै प्रयासहरु भईरहेको समेत बताउनुभयो ।

प्रहरी निरीक्षक पन्तले सवारी चालकहरुलाई ट्राफिक नियम तथा सडक सचेतना सम्बन्धि विभिन्न प्रशिक्षणहरु दिने गरिएको बताउनुभयो । त्यति मात्र नभई लोथर–भण्डारा हाई–वे तथा भरतपुर–माडी हाईवेको केहि स्थानमा पटक–पटक सवारी दुर्घटना हुने गरेको र सो को न्यूनिकरणकालागि दुर्घटनाग्रस्त ईलाका भनि सूचना दिई मोटर साईकल झुण्ड्याउँदा पनि कमी नआएकोले लोथर–भण्डारा हाई–वे सडक किनारामा ३० वटा र भरतपुर–माडी हाईवे सडकको गीतानगर खण्डमा ३९ वटा बाँस गाडेर सो बाँसमा रिफ्ल्याक्टीभ स्टीकर समेत टाँस गरि सडक दुर्घटना न्यूनिकरणको प्रयास गरिएको प्रहरी निरीक्षक पन्तले बताउनुभयो ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७४/७५ को मसिंर सम्ममा ९६ वटा सवारी साधन दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५५ जना पुगेको छ । यस अवधिमा २ सय ५ जना घाईते भएका छन् भने एक हजार ५ सय ५० सवारी साधनलाई कारवाही गरिएको छ ।

यस्तै ट्राफिक प्रहरीले कारवाही स्वरुप अहिलेसम्म एक करोड १३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । मंसिर महिनामा मात्रै २१ लाख ६७ हजार रुपैयाँ राजश्व संकलन गरिएको ट्राफिक प्रमुख पन्तले जानकारी दिनुभयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्