19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

दुई चुनावमा ५ पार्टीको मत हिसाब–किताब, कसको घट्यो कसको बढ्यो ?

- Advertisement -
- Advertisement -spot_imgspot_img

हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रमुख ५ पार्टी एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा नेपाल र संघीय समाजबादी फोरम नेपाललमध्ये गत स्थानीय चुनावमा भन्दा माओवादी केन्द्रको तीन लाख ४ हजार ३७ भोट कम आएको छ ।

एमाले, कांग्रेस राजपा र फोरमले भने स्थानीय निर्वाचनमा ल्याएको मत भन्दा बढि नै ल्याएका छन् ।

गत बैशाख, असार र असोजमा भएको स्थानीय तह निर्वाचनमा सवैभन्दा ठुलो र धेरै स्थान जितेको एमालेले जम्मा ३१ लाख २८ हजार ३६३ मत ल्याएकोमा अहिलेको निर्वाचनमा ३१ लाख ७३ हजार ४९४ मत पाएको छ । उसले अघिल्लो निर्वाचनमा भन्दा ४५ हजार ५८३ मत बढी पाएको छ ।

त्यस्तै कांग्रेसले स्थानीय तह निर्वाचनमा ३१ लाख १५ हजार ६६४ मत ल्याएकोमा यो निर्वाचनमा ३१ लाख २८ हजार ३८९ मत पाएको छ । अघिल्लो र यो निर्वाचनमा कांग्रेसले १२ हजार ६ सय २५ मत बढि पाएको छ ।

कांग्रेस र एमालेको तुलनामा माओवादी केन्द्रको भने स्थानीय तहमा पाएको मत भन्दा यो निर्वाचनमा २ लाख १९ हजार १६ मत कम आएको छ । उसले स्थानीय निर्वाचनमा १६ लाख ७ हजार ७५८ मत पाएकोमा यो निर्वाचनमा १३ लाख ३ हजार ७२१ मत मात्र पाएको छ ।

त्यस्तै राजपा नेपालले पनि स्थानीय चुनावमा भन्दा यो चुनावमा २ लाख बढि मत पाएको छ । राजपाले स्थानीय चुनावमा २ लाख ७० हजार ३३८ मत पाएकोमा यो निर्वाचनमा ४ लाख ७२ हजार २५४ मत पाएको छ । राजपाले स्थानीयमा भन्दा २ लाख १हजार  ९१६ मत बढि छ ।

अर्को दल संघीय समाजवादी फोरम नेपालले पनि स्थानीय निर्वाचनमा भन्दा अहिलेको निर्वाचनमा बढि भोट ल्याएको छ । फोरमले  स्थानीय निर्वाचनमा ४ लाख

२४ हजार ५१० भोट पाएकोमा यो निर्वाचनमा ४ लाख ७० हजार २०१ भोट पाएको छ । स्थानीय भन्दा फोरमले अहिले ४५ हजार ६९१ भोट बढि ल्याएको छ ।

–स्थानीय तहको निर्वाचनमा कुल मतदाता–१ करोड ४० लाख ५४ हजार ४ सय ८२
–प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल मतदाता– १ करोड ५४ लाख २७ हजार ७ सय ३१
–थपिएका मतदता– १३ लाख ७३ हजार २ सय ४९ ।
स्थानीय निर्वाचनमा प्रमुख दलहरुले ल्याएको मत
एमाले– ३१२८३६३
कांग्रेस–३११५६६४
माओवादी केन्द्र–१६७७५८
फोरम–४२४५१०
राजपा–२७०३३८

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा प्रमख दलहरुले पाएको मत
एमाले– ३१७३४९४
कांग्रेस–३१२८३८९
माओवादी केन्द्र–१३३७२१
फोरम–४७०१०१
राजपा–४७२२५४

स्थानीय निर्वाचन भन्दा यो निर्वाचनमा कुल १३ लाख ७३ हजार २९४ मतदाता थपिएका थिए । स्थानीय निर्वाचनमा १ करोड चार लाख ३१ हजार ४ सय ६० भोट खसेकोमा कुल ९१ लाख ६१ हजार ७ सय ६३ मत सदर भएका थिए ।

अहिलेको निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ७ सय ३१ मतदाता रहेकोमा एक करोड ५ लाख मत खसेकाे थियाे ।

 

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!