27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 12:37

TRENDING .

१० वर्षदेखि श्रीमान् बेपत्ताः मन्दिरदेखि चर्च धाउँदै नानुमाया

- Advertisement -

धन कमाउन भनेर हिडेको व्यक्ति कहाँ छ केही अत्तो पत्तो छैन् । बाटो हेरेर बसेको १० वर्ष बित्यो । अत्तोपत्तो केही छैन् । नवलपुर जिल्लाको कावासोती–१४ निवासी नानुमाया रानाभाट अहिले बाटो हेरेरै मठमन्दिर धाएर दिन बिताई रहेकी छिन् ।

१० वर्ष अघि विदेश धन कमाउनका लागि हिडेका श्रीमान बेपत्ता भएपछि नानु मायाको जीवन नै अन्धकार भएको छ । घरपरिवार सबै मिलेर खोजी गर्नेदेखि लिएर प्रहरी प्रशासन र सरोकारवाला निकाय सबैमा खोजीगरि दिनका लागि उनले आग्रह भने नगरेको होईन् तर कतैबाट पनि श्रीमानको पत्ता नलागेपछि अहिले उनी भगवानकै भरोषामा छिन् । श्रीमान फर्किन्छन्की भनेर उनी सबै मठ मन्दिरमा पुगिन । भगवानसंग प्राथना गरिन् । तर पनि श्रीमानको कुनै पत्तो लागेन । उनी ज्योतिषलाई भेट्नेदेखि पितृ बोलाउने सम्मका कुनै उपाय बाँकी राखेनन् । अन्ततः उनी श्रीमानको पत्तो नलागेपछि अहिले चर्चमा धाउन थालेकी छिन् । भगवान ईशुसंग प्राथना ग¥यो भने हराएका मानिस फर्किन्छन् भनेर गाउँलेले सुनाएपछि उनी करीब डेढ वर्षबाट श्रीमान पर्किन्छन् की भनेर प्राथना गर्दै आईरहेकी छिन् ।

४५ वर्षका उनका श्रीमान शेरबहादुर रानाभाट धेरै पैसा कमाउने आशामा अफगानिस्तान हिडेका थिए । उनी बाटोबाटै बेपत्ता भएका हुन् ।
११ वर्षसम्म साउदीमा काम गरेर रामै्र कमाएका उनी बढि कमाउने आशामा गाउँकै प्रेम सुनार भन्ने साथी मार्फत् भारतको बाटो हुँदै अफगानिस्तान जानका लागि हिडेका थिए । उनलाई दलालले अफगानिस्तानमा महिनामा ३ लाख रुपैयाँ कमाउन सकिन्छ भनेर प्रलोभनमा पारेका थिए । उनीसंगै गाउँका समेत गरि विभिन्न जिल्लाबाट २५ जनायुवाहरु अफगानिस्तान हिडेका थिए । दलालले प्रतिव्यक्ती ३ लाख रुपैयाँका दरले उनीहरुसंग उठाएका थिए ।

२०६६ साल असोज महिनामा घरबाट निस्केका उनी भारतबाट नै बेपत्ता भएको नानुमायाले बताईन् । घरबाट निस्केको दिन असोज २३ गते राती साँढे ८ बजे सुनौली पुगेर श्रीमती नानुमायालाई फोन गरेका उनले त्यसपछि कहिल्यै फोन गरेनन् । नानुमायाले त्यसबेला भएको कुराकानी सुनाउदै भनिन्–“सुनौली पुगेर उहाँले फोन गर्नुभयो, म सुनौली आइपुगे अब दिल्ली पुगेर फोन गर्छु, त्यसपछि उहाँको फोन आएको छैन ।” उनीसँगै गएका अरु युवाहरुले दिल्ली पुगेर फोन गरे तर उनका श्रीमानले फोन गरेनन् । उनका सबै साथीहरु अफगानिस्तान नपुगी दिल्लीबाट नै फर्किए । तर शेरबहादुरको भने अत्तोपत्तो भएन ।

लामो समय सम्म पनि कुनै खबर नपाए पछि नानुमायाका परिवारले सोधखोज गर्न थाल्यो । शेर बहादुरसंगै गएका साथीहरुले उनको झोला, कपडा राखिदिएको तर कहाँ गयो भन्ने बारे उनीहरुलाई पनि केही थाहा नभएको नानुमायाले बताईन् । झोलामा पासपोर्ट समेत नभएपछि अरु कुनै ठाउँमा गएको हुन सक्ने अनुमान लगाउँदै नानुमायाले डेढ महिना सम्म भारतमा बसेर श्रीमानको खोजी गरिन् । भारतको धेरै ठाउँमा खोजी गर्दा समेत श्रीमान् फेला परेनन् । “भारतको धेरै ठाउँमा खोज्यौं, जेलमा समेत गएर हे¥यौं, पत्रपत्रिका सूचना समेत निकाल्यौं तर कहि पनि भेटुनु भएन्”–नानुमायाले भनिन् ।

विदेश जानका लागि थोरै भएको घर जग्गा धितो राखेर ऋण काढेका थिए शेरबहादुरले । ऋण तिर्नका लागि भएको घरजग्गा पनि बेच्नु प¥यो नानाुमायाले । घरमा बुढा आमाबुवा र दुई छोराको लालनपालन र पढाई खर्च धान्न समेत धौ धौ भएको थियो । मेला मजुरी गरेर जेनतेन छोरालाई हुर्काईन् । अहिले दुई छोराहरु पनि वैदेशिक रोजगारीमा छन् । घरको अवस्था सुध्रिएको छ । तर श्रीमानको न लाश नत सास हुँदा उनको जिवन सधै आँसुमा डुबेको छ । अझै पनि श्रीमान् आउँछन् की भन्ने आशामा उनी भगवानसँग प्राथना गर्दै बसेकी छिन् ।मङ्सिर -२९

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्