19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै पुरानो मेडिकल कलेज

- Advertisement -
- Advertisement -spot_imgspot_img

चितवनको पुरानो मेडिकल कलेज भनेर चिनिने सिएमयसले बुधबार जिल्ला प्रहरीलाई २ थान ब्रेथलाईजर उपलब्ध गराएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरेर सिएमयसले उक्त सामग्री चितवनका प्रहरी उपरिक्षक दिपक थापा र चितवन जिल्ला ट्राफिक प्रमुख सन्तोष पन्तलाई उक्त सामग्री हस्तान्तरण गरेको हो । पुरानो मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत नै विपन्न तथा सिमान्तिकृत समुदायकालागी उपचारमा १० प्रतिशत छुट तथा अवस्था हेरी जन प्रतिनिधिहरुको सिफारिसमा थप सुबिधा समेत उपलब्ध गराउदै आईरहेको पुरानो मेडिकलका प्रमुख संचालक डा. शुभ प्रभात श्रेष्ठले बताउनु भयो । सामग्री वितरण कार्यक्रमका संचालक तथा संस्थाका सिनियर मार्केटिङ्ग मेनेजर दुर्गा प्रसाद न्यौपानेले पुरानो मेडिकल कलेजले डा. उत्पादन गर्ने काम मात्र गर्ने हैन सबै भन्दा बढि विरामी बनाउने दुर्घटना न्युनिकरण गर्नु कलेजको सामाजिक दायित्व रहेको र आफुहरुले त्यो महशुस गरि यस्ता सामग्री वितरण गर्न उत्प्रेरित भएको बताउनु भयो । उक्त कार्यक्रममा बोल्दै चितवन प्रहरी प्रमुख दिपक थापाले कलेजले यस अघि पनि सडक दुर्घटना न्युनिकरणमा ट्राफिक तथा प्रहरीसंग हातेमालो गर्दै आएको र अहिले २ थान ब्रेथलाईजर उपलब्ध गराएर मेडिकल कलेजले उपचार गर्ने मात्र हैन बिरामी हुनबाट बचाउने काममा पनि महत्वपुर्ण भुमिका खेलेकोमा प्रशंसा गर्नुभयो । सियमयसले संस्थागत उत्तरदायित्व अन्तरगत उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ । पुरानो मेडिकल कलेजले यस अघि पनि ई.प्र.का मनहरी चितवनलाई सिसि क्यामेरा, जिल्ला प्रहरी कार्यालय कावासोतीको मुद्धाफाटको लागि कलर प्रिन्टर, ई.प्र.का. भण्डारालाई थ्रि स्टार मेटर चियर, ई.प्र.का. गैडाकोटलाई फोल्डिङ्ग स्टेचर, भरतपुरका बिभिन्न चोकहरुमा संकेत तथा सुचनामुलक बोर्डहरु, ट्राफिक चिन्ह र नियम उल्लेख गरिएको पकेट क्यालेण्डर, भरतपुर महानगरपालिका लाई नो हर्न स्टीकर, इ.प्र.का. रजहर नवलपरासीलाई थ्रि स्टार मेटल चियर, चिवनको पुर्वि मनहरी देखी नवलपरासीको सुनवल सम्म बिभिन्न प्रहरी कार्यालयहरुमा प्राथमिक उपचार सामग्री वितरण गरेको जनाएको छ । मङ्सिर-२८ ,२०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!