27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 06:09

TRENDING .

नेपालको लगातार दोस्रो जित, हङकङ ४ विकेटले पराजित

- Advertisement -

एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ। दोस्रो खेलमा मंगलबार नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो। प्रतियोगिताको पहिलो खेलमा नेपालले सोमबार आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको थियो।

टस जितेर पहिलो ब्याटिङ रोजेको हङकङले दिएको ८३ रनको लक्ष्य नेपालले २४।१ ओभरमा ६ विकेट गुमाएर भेटायो। नेपालका तृप्तराज दासले सर्वाधिक २७ रन जोडे। त्यस्तै, राजन मगरले १७ तथा सुनिल भण्डारी र विशाल विक्रम केसीले समान ११–११ रन जोडे।बलिङमा हङकङका नर्सुला रानाले ३ विकेट लिए।

त्यसअघि बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन मात्रै जोड्न सक्यो। हङकङका आर्यन शरद शेट्टीले २४ रन तथा कालहन मार्क चल्लुले १६ र आरुष भागवतले १२ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका प्रतिश जिसीले ३ तथा अजय कुमार लुनियाले २ विकेट लिए। यस्तै निखिल कुमार सिंह र नारायण जोशीले समान १–१ विकेट हात पारे। जितसँगै नेपाल समूह ए को शीर्ष स्थानमा उक्लिएको छ। दुई खेल खेलेको नेपालले दुवैमा जित निकाल्दै ४ अंकका साथ शीर्ष स्थान उक्लिएको हो।

८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने प्रावधान छ। मङ्सिर -२६ ,२०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्