27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 11:39

TRENDING .

भैरहवा विमानस्थलमा २५० दक्ष चिनियाँ कामदार थपिँदै,ठेकेदार कम्पनीसँगको सम्झौता तोड्न नपर्ने देखियोः आयोजना प्रमुख

- Advertisement -

भैरहवा विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार नर्थ वेस्ट सिभिल एभियसनले पछिल्लो समय काममा तीब्रता दिएको छ । चीनबाट थप कामदार ल्याउनुका साथै आवश्यक मेसिन आयातको लागि प्रक्रिया अघि बढाइसकेको छ ।

अहिले भैरहवा विमानस्थलमा २ सय जनाको हाराहारीमा नेपाली कामदार छन् । यो कामदार अपुग भएको भन्दै कम्पनीले चिनबाट थप २ सय ५० जना दक्ष कामदार ल्याउन लागेको भैरहवा बिमानस्थल आयोजना प्रमुख ओम शर्माले जानकारी दिए । यसका कम्पनी श्रम स्वीकृतिको प्रक्रिया अघि बढाएको उनले बताए ।

काममा तिब्रता दिएसँगै भैरहवा विमानस्थल आयोजनाले चिनीयाँ कम्पनीसँग ठेक्का नतोड्ने निश्कर्ष निकालेको छ । यसअघि आयोजनाले काम अघि नबढाएपछि चिनीयाँ कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिएको थियो ।

ठेक्का तोड्ने चेतावनी दिएसँगै कम्पनीले व्यवस्थापन टिम नै परिवर्तन गर्‍यो । आयोजना प्रमुख शर्माले भने ‘यसअघिको व्यवस्थापन टिमले काममा ध्यान दिदैनथ्यो, काम नगरी काठमाडौंमा बढी समय बिताउँथ्यो, तर अहिलेको टिम हरेक समय आयोजना स्थलमै बस्ने गरेको छ ।’

यसअघिको टिमले आयोजना स्थलहरुमा ६० वटा मात्रै कामदार खटाएको थियो । कामदारहरुको सख्ंया अत्यन्त न्युन भएका कारण आयोजनाको काम अघि बढ्नै सकेको थिएन । जसका कारण सरकारले दिएको समयमसीमामा यसले काम सम्पन्न गर्न सक्ने स्थिति थिएन । सन् २०१८ को जुन सम्ममा नर्थ वेष्टले ८० प्रतिशत काम सम्पन्न गर्नुपर्छ ।

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी विमानस्थलको काम सुरु भएको थियो । समयमै निर्माण हुन नसक्ने देखेपछि सरकारले सन् २०१८ मा सक्ने नयाँ लक्ष्य निर्धारण गरेको छ ।

केही समयदेखि चिनियाँ कम्पनी आफैंले काम गरिरहेको छ । साना काममा मात्र नेपाली ठेकेदारहरुले जिम्मा पाउने गरेका छन् । अहिले १० जना चिनियाँ कामदार रहेका छन् । यसलाई बढाएर २ सय जना पुर्‍याउन लागिएको हो ।

अहिले मेसिनको संख्या पनि बढाउँदै लगेको छ । शर्माकाअनुसार ६० प्रतिशत जति काम अहिले मेसिनबाट हुने गरेको छ ।

‘चिनीयाँ कम्पनीले अहिले केहि मेसीन केरुङ नाकासम्म ल्याइपुर्‍याएको छ र अन्य मेसीन थप गर्नको लागि समेत हामीसँग अनुमति ल्याएको छ,’ शर्माले भने ।

सुरुमा विमानस्थल निर्माणका लागि नर्थ वेस्टले नेपाली कम्पनी नेपाल इन्फ्रा प्रालिलाई जिम्मा दिएको थियो । यी दुवै कम्पनीबीच रकम लेनदेनमा विवाद आएपछि चिनियाँ कम्पनी आफैंले निर्माण गर्दै आएको हो । सुरुमा ठेकेदार र सहठेकेदारवीच बेलाबेला देखिएको विवादले लक्ष्य अनुरुप काम अघि बढ्न सकेको थिएन ।

चिनियाँ कम्पनीले भौतिक प्रगति मासिक ६ प्रतिशतले गर्नुपर्ने थियो । तर नेपाली कम्पनीसँगको विवादले ०.५ प्रतिशतका दरले मात्र काम गरिररहेको थियो । अहिले भने यसले काममा तीब्रता ल्याएको शर्माको भनाइ छ ।

यसरी दुई कम्पनी वीचको बिबादले काम रोकिएपछि प्राधिकरणले ‘नोटिस टु करेक्ट’ पठाएको थियो । यो पठाएपछि निर्माण कम्पनीले व्यवस्थापकीय टोली फेरेको थियो । यसअघिका ठेकेदार विमानस्थल निर्माणको काम भन्दा पनि काठमाडौंमा अन्य व्यवसाय गर्नमा तल्लिन रहने गर्दथे ।

शर्माका अनुसार अहिलेसम्म भैरहवा विमानस्थलको जम्मा ३२ प्रतिशत मात्रै काम भएको छ । सन् २०१८ को जुन सम्ममा ८० प्रतिशत काम भने सक्नको लागि कठीन देखिन्छ ।

विमानस्थलका लागि आवश्यक पर्ने रोडा तथा गिट्टीको लागि अहिले स्थानियहरुसँग छलफल भइरहेको छ । अहिले आयोजनालाई १५ हजार ट्रक माटो आवश्यक छ । यसका लागि पनि स्थानीयहरुसँग छलफल गरेर टुंगोमा पुग्न लागेको शर्मा दावी गर्छन् । लामो समयदेखि निर्माण कम्पनीलाई रोडा, गिट्टी र माटो कहाँबाट ल्याउने भन्ने समस्या छ ।

यो आयोजना ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा बनाउका लागि चिनीयाँ कम्पनीलाई जिम्मा दिइएको छ । यो एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको आयोजना हो । २०७४, मंसिर- २६

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्