27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 10:49

TRENDING .

प्रत्यक्षतर्फ वाम गठबन्धनको दुई तिहाइ, पुग्ला त समानुपातिकमा पनि ?

- Advertisement -

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना अन्तिम चरण तर्फ पुग्नै लाग्दा वाम गठबन्धनले प्रत्यक्ष तर्फ दुई तिहाइ सीटमा जीत हासिल गरेको छ।

हाल सम्मको परिणाम अनुसार दोस्रो संविधानसभा निर्वाचनमा पहिलो बनेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २० भन्दा केही बढी स्थानमा मात्रै चित्त बुझाउनु परेको छ। दलका प्रतिनिधिहरुबाट मतगणनामा अवरोध नभएमा मंगलबारसम्म प्रत्यक्ष तर्फको सम्पूर्ण परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ। समानुपातिक निर्वाचनको मतगणना भने अझै केही दिन सम्म चल्ने बताइएको छ।

निर्वाचनको मुखैमा राजनीतिक स्थिरता र विकासलाई मुख्य एजेण्डा बनाएर गठबन्धन गरेका नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचनमा कतिपयको शब्दमा उत्साहजनक नतिजा ल्याएका छन्। प्रत्यक्षतर्फ रहेको कूल १६५ मध्ये हाल सम्म १५५ निर्वाचन क्षेत्रको घोषणा भइसकेको छ।

जसमध्ये नेकपा एमालेले ७६ सीट र माओवादी केन्द्रले ३४ सीटमा गरी गठबन्धनको सीट संख्या ११० पुगेको छ, जुन प्रत्यक्षतर्फको दुई तिहाइ हो। मतगणना बाँकी रहेका क्षेत्र मध्ये एमालेका ५ र माओवादी केन्द्रका २ उम्मेदवार अग्रस्थानमा रहेको निर्वाचन आयोगको विवरणमा उल्लेख गरिएको छ। समग्रमा २७५ जना सांसद संख्या रहने प्रतिनिधिसभामा वाम गठबन्धनलाई दुई तिहाइ पुराउन भने कठिन हुने देखिएको छ। समानुपातिकतर्फ झन्डै १८ लाख मतगणना हुँदा एमाले र कांग्रेस लगभग बराबरीकै अवस्था रहेका छन्। माओवादी केन्द्रले प्रमुख दुई दलको तुलनामा आधा जति मत पाएको छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, “प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतगणना भोलिसम्ममा सकिने छ। समानुपातिकको पनि गणना जारी रहेको छ। यो महिनाको अन्तिमसम्ममा सबै नतिजा सार्वजनिक गरिसक्छौं, तर त्यसका लागी दलहरु को सहयोग अनिवार्य छ। मङ्सिर-२६ ,२०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्