नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा नवलपरासी क्षेत्र नं बाट पुन: निर्वाचित भएर हृयाट्रिक गरेका छन् । नेपाली कांग्रेसका शिर्ष नेता देशै भारबाट पराजित हुदै गर्दा उनि नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरी बिजयी भएका छन् । बाम गठबन्धनका तर्फबाट उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन् । चार नम्बर प्रदेशका १८ मध्ये १६ सिटको नतिजा आउदा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो हुन् ।
नवलपुरकै २ नम्बर क्षेत्रमा प्रतिनिधि सभाका लागी बाम गठबन्धनका तर्फबाट एमालेका तिल बहादुर महत (तिलक महत) बिजयी भएका छन् । उनले नेपाली कांग्रेसका बिष्णु कुमार कार्कीलाई पराजित गरेका हुन । बिजयी महतले ३९ हजार ५३ मत प्राप्त गर्दा निकर्तम प्रतिस्पर्धी कार्कीले ३७ हजार ७ सय २० मत प्राप्त गरेका थिए । महतको जित संगै नवालापुरको क्षेत्र नम्बर २ बाम किल्लाको रुपमा स्थापित भएको छ । त्यस क्षेत्रमा यस अघिका संसदीय चुनाबमा बामकै बर्चस्व रही आएको थियो । मङ्सिर-२५, २०७४