8.1 C
Kathmandu
Flowers in Chania

उदयपुरमा बम विस्फोट, कांग्रेस उम्मेदवारसहित ७ घाइते, तीन गम्भीर

- Advertisement -

उदयपुरमा बुधबार बिहान बम विस्फोट हुँदा उम्मेदवारसहित सात जना घाइते भएका छन् ।

उदयपुरगढी नगरपालिका-६ मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए । कार्कीसँगै अन्य दुर्इ जना गम्भीर घाइते भएका छन् भने चार जना सामान्य घाइते भएका छन् । कार्की निवर्तमान सांसद हुन् । २०७० को चुनावमा विजयी भएपछि उनीसांसद बनेका थिए ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार बम विस्फोटमा परी राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल घाइते भएका छन् । अन्य घाइतेको नाम खुलेको छैन् । घाइते सबै कांग्रेस कार्यकर्ता भएको बुझिएको छ ।

बम विस्फोट लगत्तै उद्धारका लागि प्रहरी टाेली घटनास्थल पुगेको र उद्धार गरी घाइते भएका उम्मेदवार कार्कीलार्इ हेलिकोप्टरबाट सिधै काठमाडाैं पठाइने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।

चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । मंसिर- १३, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्