8.1 C
Kathmandu
Flowers in Chania

अर्घाखाँची जाँदै गरेको बस त्रिशूलीमा खस्यो, ६ काे मृत्यु, १५ जना घाईते

- Advertisement -

काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । मृतक कसैको पनि सनाखत हुन सकेको छैन । पूर्णरुपमा त्रिशूलीमा डुबेको बसबाट हालसम्म १५ जना घाइतेको उद्धार गरिएको छ ।

बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यले ६ जनाको हालसम्म शव फेला परेको जानकारी दिए । उनका अनुसार, अहिले घाइतेको उद्धार कार्य भइरहेको छ ।

‘दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने १५ जनाको जिवितै उद्धार गरेका छौं,’ डीएसपी आचार्यले अनलाइनखबरसँग भने, ‘बस पूर्णरुपमा डुबेको हुँदा  उद्धारमा समस्या भएको छ ।’ दुर्घटनालगत्तै नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटेका छन् । २०७४ मंसिर १३

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्