19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

नवलपुरको मध्यबिन्दुमा कांग्रेस र वाम गठबन्धनबीच झडप, ६ जना घाइते, २ जनालाइ भरतपुर पठाईयो

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. ६ बरुवामा मंगलबार राति नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडपमा दुवै तर्फका ६ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण भण्डारी रहेका छन् भने एमाले मध्यविन्दु नगर कमिटीका अध्यक्ष दुर्गा भुर्तेल, श्याम पौडेल र विजय भुर्तेल पनि घाइते भएका छन्   घाइते भएकामध्ये कांग्रेस नगरसभापति भण्डारी र एमाले नगर अध्यक्ष भुर्तेलको अवस्था चिन्ताजनक छ ।

भण्डारीलाई कालीगण्डकी अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन रिफर गरिएको अस्पतालले जनाएको छ । भने एमालेका भुर्तेललाई मध्यविन्दु अस्पताल डण्डामा उपचार पछि थप उपचारका लागि चितवनको भरतपुर पठाइएको एमाले नवलपुरले जनाएको छ ।

नवलपुर प्रहरी प्रमुख दिपेद्र जीसीका अनुसार दुई पक्षबीच झडप भएको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय नवलपुर र चोरमाराबाट सशस्त्र प्रहरी पुगेर स्थितिलाई नियन्त्रणमा लिएका थिए । थप झडप हुन नदिन रातभर प्रहरीले सो क्षेत्रमा गस्ती गरेको थियो ।

आक्रमणको दोष दुबै पक्षले एकअर्कालाई दिएका छन् । २०७४ मंसिर -१३

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!