8.1 C
Kathmandu
Flowers in Chania

सालझण्डीबाट कांग्रेसको गर्जनः दुईतिहाइ ल्याउँछौं, वाम गठबन्धन ध्वस्त हुन्छ

- Advertisement -

रुपन्देही , नेपाली कांग्रेसका शीर्षनेताहरु चुनावी अभियानका क्रममा मंगलबार रुपन्देही क्षेत्र नम्बर ५ को सालझण्डीमा जम्मा भएका थिए । त्यहाँ आयोजित चुनावीसभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला लगायतले सम्वोधन गरे ।

सभालाई सम्बोधन गर्ने क्रममा बरिष्ठ नेता पौडेलले यो चुनावमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याउने र वाम गठबन्धनको सपना ध्वस्त हुने बताए ।

कम्युनिष्टविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका प्रधानमन्त्री देउवाले वामपन्थीहरुले राष्ट्रपतीय प्रणालीको वकालत गरेर समावेशी, समानुपातिक सिद्धान्तलाई समाप्त पार्न खोजेको आरोप लगाए ।

कांग्रेसका शीर्षनेताको टोली मंगलबार हेलिकोप्टर चढेर चुनावी सभाहरुमा सम्बोधन गर्न हिँडेको थियो । नेताहरुले मंगलबारमात्रै दाङका ३ वटा र कपिलवस्तु अनि रुपन्देहीका एक/एक वटा सभालाई सम्वोधन गर्न भ्याए ।

एक अर्को पर्संगमा रुपन्देहीको सालझण्डीमा आयोजित सभामा बोल्दै प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनले नेपालको भाग्य निर्धारण गर्ने बताए । देउवाले लोकतन्त्र बचाउने कि कम्युनिष्ट शासन ल्याउने भन्ने रोज्न मतदातालाई आग्रह गरे ।

‘अहिले कम्युनिष्टहरु झूठा नारा लगाएर, जनता झुक्याएर नेपालमा कम्युनिष्ट शासन ल्याउने प्रयास छन्, देउवाले मंगलबार रुपन्देहीको सालझण्डीमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै भने, ‘एकदलीय अधिनायकवादी शासन आएमा जनताले बोल्न पनि पाउँदैनन् ।’

कार्यक्रममा बोल्दै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई साम्यवादको डम्पिङसाइड बनाउन नदिइने बताए । ‘नेपाल कसैको प्रयोगशाला हुनै सक्दैन, साम्यवाद प्रयोग हुनै सक्दैन,’ पौडेलले भने, ‘नेपाललाई डम्पिङसाइट बनाउन दिँदैनौं ।’

नेता पौडेलले कांग्रेस समस्या समाधान पार्टी भएको भन्दै कम्युनिष्टहरु समस्या जन्माउने पार्टी भएको बताए । नयाँ शोषक वर्ग जन्माउने भएकाले कम्युनिष्टको भण्डाफोर गर्नुपर्ने उनले बताए ।

पौडेलले नेपाललाई कम्युनिज्म स्वीकार्य नभएको भन्दै वाम गठबन्धनको भविश्य नरहेको जिकिर गरे । उनले भने- ‘कम्युनिष्ट गठबन्धनको सपना धरासायी हुन्छ, ध्वस्त हुनेवाला छ’,पौडेलले भने । मंसिर १० र २१ गतेको निर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत ल्याउने पौडेलले दाबी गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँड, रुपन्देही निर्वाचन क्षेत्र न ५ का प्रतिनिधिसभा उम्मेदवार भरतकुमार शाह, प्रदेशसभाका उम्मेदवार बिष्णु पोखरेल, फकरुद्धिन खांन, समानुपातिक उम्मेदबार अनिता शाह, पुष्पा भुसाल, उद्योगपति तथा कांग्रेस समानुपातिक उम्मेदबार बिनोद चौधरीलगायतले बोलेका थिए ।

मंसिर -१२, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्