8.1 C
Kathmandu
Flowers in Chania

सुनसरीको मुसहर बस्तीमा आगलागी, २५ घर जले

- Advertisement -

सुनसरीको भोक्राहा गाउँपालिका– ६ नरसिंहस्थित मुसहरी बस्तीमा आइतबार साँझ आगलागी भएको छ । स्थानीय कालु ऋषिदेवको घरबाट अचानक आगलागी भएको स्थानीयले बताएका छन् ।

आगलागीमा २५ परिवारको घर, धनमाल, लत्ताकपडा, जिन्सी, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करिब रु ५० लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए ।

आगलागीलाई इनरुवा र इटहरीबाट गएको बारुण यन्त्रले नियन्त्रणमा लिएको स्थानीय सन्तोष यादवले जानकारी दिए ।

मुसहर बस्तीमा आगलागी भएपछि हातमुख जोड्न समस्या भएकाले विभिन्न दलका नेता तथा कार्यकर्ता सो क्षेत्रमा राहत प्रदान गर्न पुगेका छन् । २०७४ मंसिर-११

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्