मुलुकको जेठोे उद्योग विराटनगर जुट मिल्स आइतारबाट सञ्चालनमा आएको छ । नयाँ व्यबस्थापनकाले करिव ३ वर्षपछि मिल पुनःसञ्चालन ल्याएको हो । ०७२ भदौ १९ गतेदेखि मिल पूर्ण रुपमा बन्द थियो ।
नयाँ व्यबस्थापनले मिल्सलाई पूर्णरुपमा आईपी सिस्टमको सीसी क्यामेराको निगरानीमा राखेर सञ्चालन गरेको छ । मिल्सका सञ्चालक सदस्य मुकुन्दप्रसाद नेपालले विधिवत रुपमा पूजा गरेर मिलको शुभारम्भ गरेका थिए । विराटनगर जुट मिल्सका प्रबन्ध निर्देशक निलहरी काफ्लेका अनुसार पहिलो चरणमा मिल्समा जुटको सुतली र बोरामात्रै उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
विराटनगर जुट मिल्समा रहेको दुई वटा नयाँ र पूराना मिलमध्ये मध्ये पहिलो चरणमा उद्योग पुरानो मिल्सलाई सञ्चालनमा ल्याएका छ ।
३ करोडको लागतमा एउटा मिल सञ्चालन भएको छ । र, थप २ करोड पुँजीको व्यबस्थापन गरेर पुस महिनादेखि दुबै मिलहरु पूर्णरुपमा सञ्चालनको तयारीमा रहेको सञ्चालक समितिका अध्यक्ष काफ्लेले जानकारी दिए ।
आइतबारवाट सञ्चालनमा आएको मिलले दैनिक ५६ टन उत्पादन जुट गर्नेछ भने ८५ जनाले मिलमा रोजगारी पाएका छन् । ०७२ साल पुस २१ गतेदेखि कम्पनी ऐनअनुसार मिल्सले नयाँ व्यवस्थापन पाएको छ ।
नयाँ व्यबस्थापनले आफ्नो अनुकुल मिल सञ्चालनका लागि सरकारको सेयर घटाएर ३३ प्रतिशतमा पुर्याएको छ । नयाँ व्यवस्थापनले मिलको पुँजी वृद्धिका लागि यसअघि २५ हजार कित्ता सेयर विक्री गरको थियो ।
मिल सञ्चालक समितिका अनुसार प्रति कित्ता १ सय ६० रुपैयाँको दरमा विक्री हुँदा ४० लाख पुँजी वृद्धि भएको छ ।
मिल्सको कूल ९३ हजार ७ सय ५० कित्ता सेयरमध्ये सरकारको ३१ हजार २३ र सर्वसाधारणको ६२ हजार ७ सय २७ कित्ता सेयर रहेको छ ।
यसअघि मिल्स सञ्चालनका लागि सरकारबाट पटक-पटक गरि ल्याएको १ सय १३ करोड ऋण तिर्न बाँकी थियो ।
सरकारले यसअघि सरकारले भारतीय विलसम इन्टरनेशनल कम्पनीलाई भाडामा मिल्स सञ्चालनका लागि दिएको थियो ।
तर, केही समय मिल सञ्चालन गरेर विविध समस्या देखाउँदै विलसन कम्पनी भारत फर्केपछि २०७२ भदौ १९ गतेदेखि पूर्ण रुपमा मिल वन्द अवस्थामा थियो । वि.सं. १९९३ मा स्थापना भएको जुट मिल स्थापना भएको थियो । मङ्सिर-१०, २०७४