24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

पहिलो चरणको मतदान छिटपुट घटना बाहेक शान्तिपूर्ण, ६५ प्रतिशत मत खस्यो

- Advertisement -Flowers in Chania

निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान समग्रमा शान्तिपूर्ण रहेको बताएको छ ।

निर्वाचन आयोगमा आयोजित बिशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।

निर्वाचन अायोगले ६५ प्रतिशत भन्दा बढी मत खसेको अनुमान गरेको छ ।  प्राविधिक विषय भएकाले खसेको मतको यकिन तथ्यांक अाउन समय लाग्ने प्रमुख अायुक्त यादवले बताए ।

मतदान सम्पन्न भएका उच्च पहाडी र हिमाली ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको आयुक्त यादवले जानकारी दिएका छन् । प्राकृतिक कारणले स्थानीय तहको भन्दा कम मत खसेको अनुमान उनले गरेका छन् ।

निर्वाचन अायोगले मतपत्रले भरिएका अधिकांश स्थानका मतपेटिका अाज (अाइतबार)नै जिल्ला सदरमुकाम ल्याइने बताएको छ । उच्च हिमाली र बिकट क्षेत्रका मतपेटिका सोमबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइने छ ।

पहिलो चरणमा निर्धारण गरिएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुर्इ मतदान केन्द्रको मतदान सरेको छ । रूकुमको बाफीकाेटको काडास्थित रत्न माविको ‘क’ केन्द्र र रूकुमकै अाठवीसकोट ११ गत्तसैनास्थित नेपाल राष्ट्रिय माविको ‘ख’ केन्द्रको मतदान पुनः हुनेछ । रत्न मावि केन्द्रमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको र नेपाल राष्ट्रिय माविको केन्द्रमा समानुपातिकतर्फको मतदान पुनः हुनेभएको हो । मंसिर-१०,२०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्