8.1 C
Kathmandu
Flowers in Chania

‘हाई अलर्ट’मा सुरक्षा निकाय, यी अवस्थामा चल्न सक्छ गोली

- Advertisement -

बुथ कब्जा मुख्य चुनौती

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मतपरिणाम आफ्नो पक्षमा ल्याउन राजनीतिक दलले गर्ने बुथ कब्जा मुख्य सुरक्षा चुनौतीका रुपमा देखिएको छ । आजको नागरिक दैनिकले यो विषयलाई मुख्य खबर बनाएर छापेको छ ।

नागरिक दैनिकका अनुसार, स्थानीय प्रशासन र सुरक्षा संगठनले निर्वाचन नहुने अन्य जिल्लाका समर्थक निर्वाचन हुने जिल्लामा पुगेर सुरक्षा चुनौती थप जटिल बनाउने विश्लेषणसमेत गरेका छन् ।

३२ जिल्लाको सुरक्षा अवस्थाका आधारमा ७ सय मतदान स्थल अति संवेदनशील सूचीमा छन् । भौगोलिक अवस्था, निर्वाचनमा सहभागी दलका उम्मेदवारको गतिविधि र निर्वाचनविरोधी समूहको प्रभावका आधारमा यी क्षेत्रको पहिचान गरिएको समाचारमा उल्लेख छ ।

‘हाई अलर्ट’मा सुरक्षा निकाय

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावका लागि ९० प्रतिशत प्रहरी कार्यक्षेत्रमा खटिएका छन् । जिल्लाको दरबन्दी अपुग भएपछि प्रहरी मुख्यालयले शुक्रबारसम्म मात्रै केन्द्र (ट्राफिक, अख्तियार, गण, गुल्म) बाट झन्डै नौ हजार प्रहरी बाहिर पठाएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, अहिले कुल प्रहरी संख्या ७२ हजार ७ सय ३३ छ । आइतबार पहिलो चरणमा ३२ जिल्लामा चुनाव हुँदैछ । सुरक्षामा प्रहरीसँगै ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिएका छन् ।

यी अवस्थामा चल्न सक्छ गोली

उच्च सुरक्षा सतर्कता अपनाइरहेका सुरक्षाकर्मीहरुले विशेष स्थितिमा गोलीसमेत चलाउन सक्नेछन् । निर्वाचनमा बुथ कब्जाको प्रयास भएमा वा कसैले विस्फोटको प्रयास गरेमा सुरक्षाकर्मीले गोली चलाउन सक्नेछन् । धेरै धनजनको क्षति हुन सक्ने अवस्थामा र सुरक्षाकर्मी नै असुरक्षित रहने अवस्थामा पनि गोली चल्न सक्ने छ । सरकारले मतपेटिका लुट्न खोजेमा वा मतपेटिका बोकेका गाडीमा आगजनी गर्न खोजेमा पनि गोली चलाउन सक्ने अधिकार सुरक्षाकर्मीलाई दिएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्