नवलपरासी (बर्दघाट सुस्ता पुर्व) छुट्टैं जिल्ला कायम भएसंगै आज कावासोतीमा नवलपुर जिल्ला अदालतको एक भव्य समारोहका बिच समुद्घाटन गरिएको छ । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ३ रामनगरमा प्रधानन्यायाधिश गोपाल पराजुलीले जिल्ला अदालतको उद्घाटन गर्नुभएको हो । उद्घाटन अघि प्रधानन्यायाधिश पराजुलीलाई कार्यक्रम स्थलमा बाजा गाजा र फुल माला सहित स्वागत गरिएको थियो । प्रधानन्यायाधिश पराजुलीको स्वागतका लागी अदालत परिसरमा रातो कार्पेट समेत ओछ्याइएको थियो ।
उदघाटन समारोहमा प्रधानन्यायाधिश पराजुली सहित जिल्लाका न्यायाधिशहरु, जिल्ला स्थित सरकारी कार्यालयहरुका प्रमुखहरु , निर्वाचित जनप्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख एंव प्रतिनिधीहरु, जिल्ला स्थित बार एशोशियसनका पदाधिकारीहरु स्थानिय सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रममा पुवपश्चिम राज मार्गदेखी अदालत भवन सम्मै ध्वजा पतका र कलसले भित्री सडकपनी भव्य रुपमा सजाइएको थियो । पराजुलीको स्वागतमा नेपाल प्रहरीले सलामि अर्पण गर्नुका साथै ब्राम्हण बटुकहरुले स्वस्ती बाचन समेत गरेका थिए ।
उच्च अदालत पोखराका मुख्य न्यायाधिश कुमार चुडालको अध्यक्षतामा भएको कार्यक्रममा न्याय परिषदका सदस्य पदम बैंदिक , सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदी , न्याय परिषद्का सचिव राजन कुमार भट्टराई शेरबहादुर केसी , नेपाल बार एशोशियसनका केन्द्रीय अध्यक्ष जिल्ला समन्न्वय समिति नवलपुरका सभापति चेसराम आले , प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी , कावासोती नगरपालिकाका प्रमुख चन्द्रा पुन , जिल्ला न्याधिष बिदुर कोईराला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । मंगसिर-५, २०७४