27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 08:44

TRENDING .

चौधरी ग्रुपले भन्यो-एक वर्षमा ७८८ करोड राजश्व तिर्‍यौं, तर करलाई वर्गीकरण नगर्दा सम्मानित हुनबाट चुक्यौं

- Advertisement -

चौधरी ग्रुपले आफूले वर्षमा ७८८ करोड कर तिरेको जनाएको छ । तर, सरकारले संस्थागत घरानाबाट तिरिने करलाई वर्गीकरण नगर्दा आफूहरु सम्मानित हुनबाट छुटेको समेत उसले दावी गरेको छ ।

सीजीले अधिक कर बुझाउने व्यक्तिका रुपमा सम्मानित करदाताहरुलाई बधाई ज्ञापन गर्दै राज्यद्वारा यसरी गरिने वर्गीकरण र सम्मानले करदातालाई राष्ट्रिय अर्थतन्त्रमा सघाउन र विकास प्रक्रियामा योगदान दिनका लागि उत्प्रेरित गर्ने उल्लेख गरेको छ ।

समूहले आर्थिक वर्ष २०७२/७३ मा राजस्वमार्फत् राज्यलाई कुल ५५९.९७ करोड योगदान गरेको प्रेश विज्ञप्तिमार्फत जानकारी दिएको छ । उक्त आर्थिक वर्षमा संकलन गरेको कुल राजश्वको १.४८ प्रतिशत हुने समूहको दावी छ ।

आर्थिक वर्ष २०७३/७४ मा सिजीले ७८८ करोड राजश्व योगदान गरेको पनि जनाएको छ । जुन, राजश्व अघिल्लो वर्षको
तुलनामा ४० प्रतिशतले बढी हो ।

‘यो रकम आर्थिक वर्षमा संकलित कुल राजस्वको १.५९ प्रतिशत हो । राज्य कोषमा चौधरी ग्रुपका तर्फबाट गरिएको यो योगदान अघिल्लो वर्षको तुलनामा १०.७४ प्रतिशतले बढी हो,’ विज्ञप्तिमा भनिएको छ ।

चौधरी ग्रुपका शेयरधनीहरुले लाभांश लिनुअघि कम्पनीले नै ऐन अनुसार राजस्व तिर्ने र राजस्व तिरिसकेपछि मात्र लाभांश प्राप्त गर्ने हुनाले सेयरधनीहरुले राजस्व तिरेपनि व्यक्तिगत करको रुपमा प्रतिविम्वित नहुने गरेको बताएको छ । २०७४ मंसिर-४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्