8.1 C
Kathmandu
Flowers in Chania

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुन: दिगम्बर झा

- Advertisement -

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा फेरि दिगम्बर झा नियुक्त भएका छन् । अघिल्लो कार्यकाल पनि झाले नै प्राधिकरणमा बिताएका थिए । अब पुनः ५ वर्ष झाले प्राधिरकणको नेतृत्व सम्हाल्नेछन् । मंसिर १८ गते कार्यकाल सकेर विदा बस्ने तयारी गरिरहेका झालाई फेरि नियुक्त दिने निर्णय गत सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले एक समिति बनाएर झाको कामको मूल्यांकन गरेको थियो । उनको कार्य मूल्यांकन गरेर पुनःनियुक्ती गर्ने वा नयाँ विज्ञापन गर्ने भन्नेबारे अध्ययन गर्ने गरी मन्त्रिपरिषद्ले नै एउटा कार्यदल बनाउने निर्णय गरेको थियो ।

कार्यदलले झाको काम सन्तोषजनक भएको प्रतिवेदन दिएपछि त्यसैका आधामा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले झालाई पुनः नियुक्ती दिने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । २०७४ मंसिर-४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्