8.1 C
Kathmandu
Flowers in Chania

प्रचण्ड पुत्र प्रकाशको हृदयाघातका कारण आइतबार विहान निधन, छोराको पार्थिव शरीरमा झण्डा ओढाउँदा प्रचण्डले आँशु थाम्न सकेनन्,

- Advertisement -

प्रचण्ड पुत्र प्रकाश दाहालको आइत बार बिहान दाहालको आइतबार  बिहान निधन भएको छ । माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको हृदयाघातका कारण  निधन भएको हो ।

घरमै अचेत अवस्थामा भेटिएका उनलाई नर्भिक अस्पताल लगिएको थियो तर, चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नयाा शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए । हेलिकोप्टरमा काठमाडौं आएका उनी लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा आए । छोरा गुमाउँदाको पीडा उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । तर, उनले आफूलाई सम्हाले । सार्वजनिकरुपमा उनले आफ्नो दुःख पोखेनन् । तर, छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनले पीडा लुकाउन सकेनन् ।

माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको छ । माओवादी नेता कार्यकर्ता तथा शुभचिन्तकहरु श्रद्धान्जली दिन पुगेका थिए  ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्