8.1 C
Kathmandu
Flowers in Chania

अफगानिस्तानलाई नेपालको १०४ रनको लक्ष्य

- Advertisement -

एसीसी अन्डर नाइन्टिन युथ एशिया कपको सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर व्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्‍यो । नेपालले २८ ओभरमा अलआउट हुँदै १०३ रन जोड्यो ।

अनिल कुमार साहबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । साहले अर्धशतक बनाए । ५७ बल सामना गरेका उनले एक छक्का र ७ चौकको मद्दतमा ५० रन बनाए ।

अन्यले भने दोहोरो अंक जोड्न सकेनन् । जितेन्द्र सिंह १ रनमा आउट हुँदा मोहम्मद आसिफ शेखले एक रन पनि जोड्न सकेनन् ।

यसैगरी रोहित कुमार पौडेल ४ रनमा, कप्तान दिपेन्द्र सिंह ऐरी ६, भिम सार्की ६ र पवन सर्राफ ८ रनमा आउट भए । सन्दिप लामिछाने ७ रनमा अाउट हुँदा साहब अालम ७ रनमा नटअाउट रहे । अफगानिस्तानका मुजिब उर रहमानले ६ विकेट लिए ।

नेपाल समूह ‘ए’को उपविजेता र अफगानिस्तान समूह ‘बी’को बिजेताको रुपमा सेमिफाइनलमा खेलिरहेका छन् । आजको विजेताले फाइनलमा पाकिस्तानसँग खेल्ने छ । बिहीबार भएको सेमिफाइनलमा बंगलादेशलाई हराएर पाकिस्तान फाइनलमा प्रवेश गरेको थियो । २०७४ मंसिर-१

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्