27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 02:25

TRENDING .

उम्मेदवार लक्षित शृंखलाबद्ध बम आक्रमण, ७ दिनमा ६ नेता निशानामा, तर्साएर निर्वाचन भाँड्ने नियत – प्रहरी

- Advertisement -

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारमाथि शृंखलाबद्ध बम आक्रमण शुरु भएको छ । घटनामा संलग्नता आरोपमा केही व्यक्ति पक्राउ परे पनि प्रहरीले आक्रमणकारी समूहको पत्तो लगाउन सकेको छैन ।

२४ कात्तिकमा विनाविभागीय मन्त्री तथा वाम गठबन्धनबाट पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्मा चढेको गाडीमाथि दुई वटा बम प्रहार भयो । त्यसको भोलिपल्ट माओवादी नेता तथा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी माइन विष्फोट गराइयो । २६ कात्तिकमा उनीमाथि फेरि आक्रमण भयो ।

उनी सडकमा हिँडिरहेका बेला माथिपट्टबिाट एक समूहले ढुंगा खसाएको थियो । त्यसक्रममा प्रहरी र आक्रमणकारीबीच दोहोरो फायरिङसमेत भयो ।

२८ कात्तिकमा एकै दिन तीन नेतालाई लक्षित गरी बम प्रहार भयो । म्याग्दीको बेनी नगरपालिकामा कांग्रेसको चुवानी अभियानलाई लक्षित गर्दै बम विष्फोट गराइएको थियो । कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खम्बिर गर्बुजा उक्त कार्यक्रममा सहभागी थिए ।

भोजपुरमा पनि एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार शेरधन राईलाई लक्षित गरी बम प्रहार भयो । घटनामा उनका अंगरक्षक डिल्ली देवकोटा घाइते भए । सोही दिन संखुवासभामा प्रतिनिधिसभामा एमालेका उम्मेदवार राजेन्द्र गौतमलाई पनि लक्षित गरी विस्फोट गराइयो ।

३० कात्तिकमा सिँचाइ राज्यमन्त्री अमरसिंह पुन र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम विष्फोट गराइयो । पुन रोल्पाबाट कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार हुन् भने श्रेष्ठ गोरखा-२ का ।

यद्यपि, प्रहरीको शंका चुनावविरोधि गतिविधि गर्दै आएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीतिर देखिन्छ । उक्त पार्टीका केन्द्रीय सदस्य केशबहादुर बाँठा भने आफूहरुको नाममा तेस्रो पक्षले फाइदा लिइरहेको बताउँछन् । भन्छन्, ‘हामी शान्तिपूर्ण विरोधमा छौं ।’

तर्साएर चुनाव भाँड्ने नियत

शृंखलाबद्ध विष्फोटका क्रममा ठूलो क्षति भने हुन पाएको छैन । एक प्रहरी अधिकारी भन्छन्, ‘घटनाको प्रकृति हेर्दा तर्साएर चुनाव भाँड्ने नियत देखिन्छ ।’ प्रहरीले चुनावविरोधी विप्लव समूहको गतिविधिलाई निगरानीमा राखेको छ । बम आक्रमणको क्रम भने रोकिएको छैन ।

चुनावविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले हालसम्म एक सय ३६ जनालाई पक्राउ गरेको जनाएको छ ।

रुकुम, रोल्पा, दाङ, प्यूठान, गुल्मी, अर्घाखाँचीलगायत जिल्लामा विप्लव समूहको पकड रहेको प्रहरीको भनाइ छ । ती जिल्लाका साथै गोरखामा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

सुरक्षा स्रोतका अनुसार प्रदेश ६ का विप्लव कार्यकर्तालाई प्रदेश ४ मा खटाइएको भेटिएको छ । प्रहरीको व्यापक परिचालनका कारण निर्वाचनविरोधी समूहले सुरक्षाकर्मीको तैनाथी रहेभन्दा केही टाढा विष्फोट गराइँदै आएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपाने बताउँछन् ।

उनका अनुसार रेडबुलको बट्टालगायत सामान्य विष्फोटक सामग्री प्रयोग भइरहेको पाइएको छ । बम बनाउन आवश्यक पदार्थ कहाँबाट भित्रिन्छ भन्ने खुलेको छैन ।

यसअघि स्थानीय निर्वाचनमा देशभरबाट विप्लव समूहका करिब तीन सय कार्यकर्ता पक्राउ परेका थिए । चुनाव सकिएपछि उनीहरुलाई छाडिएको थियो । अहिले पक्राउ पर्नेहरु तिनै व्यक्तिहरु छन् । २०७४ मंसिर – १

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्