8.1 C
Kathmandu
Flowers in Chania

मतदाता शिक्षा कार्यक्रम शुरु, करिब २० हजार कर्मचारी परिचालित

- Advertisement -

पहिलो चरणको निर्वाचन आउन १५ दिन बाँकी रहेको बेला निर्वाचन आयोगले आजबाट मतदाता शिक्षा शुरु गरेको छ ।

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र भोट हाल्ने तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रम शुरु गरिएको हो ।

मतदाता शिक्षाका लागि करिब २० हजार कर्मचारी परिचालन गरिएको छ । उनीहरु जिल्ला सदरमुकामबाट गाउँगाउँमा परिचालित हुँदै भोट हाल्ने तरिका सिकाउन सक्रिय भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

सर्वोच्च अदालतले प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र अलग अलग बनाउन निर्देशन दिएपछि मतदाता शिक्षा कार्यक्रम पनि ढिला शुरु भएको हो । यसअघि आयोगले एउटै मतपत्र छापेको थियो । सर्वोच्चको आदेशपछि आयोगले अलग अलग मतपत्र छापेर जिल्ला जिल्लामा पठाउँदा ढिला भएको हो । पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचन आउँदो मंसिर १० गते र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते तोकिएको छ । २०७४ कार्तिक-२५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्