गैडा संरक्षणका लागि खेलकुद भन्ने उदेश्यका साथ राईनो संरक्षण गोल्ड कप फुटबल प्रतीयोगीता २०७४ को विहिबार सम्पन्न फाइनल खेलबाट संकटा क्लब काठमाण्डौ विजयी भएको छ । निर्धारित समय सम्म दुवै समुहबाट १/१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलीएको थियो । निर्धारित समयको ७१ मिनटमा ए पि. एफका जर्सी नं. २७का हरी कार्कीले पहिलो गोल गरेका थिए भने खेलको ७६ मिनटमा संकटाका जर्सी नं.१० का विदेशी मुलका खेलाडी मार्टिन अजाजले गोल गरेपछि निर्धारीत समयमा दुबै तर्फबाट १/१ गोल भएको थियो । खेल ट्राइबेकरमा समेत ४/४ गोल भएपछि खेल सडन डेथमा प्रवेश गरेको थियो ।
सडन डेथमा नेपाल ए पि. एफ का खेलाडी टोप विष्टले प्रहार गरेको बल संकटाका गोल्डकिप्पर विनय श्रेष्ठले गोल हुनबाट जोगाय पछि संकटा राईनो संरक्षण गोल्ड कप फुटबल प्रतियोगिता २०७४ को विजेता बन्न सफल भएको हो ।
विजेता संकटा क्लव काठमाण्डौले नगद ५ लाख २५ हजार ५ सय ५५, प्रमाण पत्र तथा शिल्ड बाहेक एक दिनको होम स्टे समेत चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण गर्न पाउने छन । भने उप विजेता नेपाल ए.पि. एफ.ले नगद २ लाख ५० हजार ५ सय ५५, प्रमाण पत्र तथा शिल्ड प्राप्तगरेका छन् ।
नन्दभाउजु मध्यवर्ती उपभोक्ता समिती राईनो संरक्षण गोल्ड कप फुटबल प्रतीयोगीता गत कार्तिक १३ गतेबाट सुरु भएको थियो । राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा बिभागीय टिम र ए डिभिजनका क्लव टिमहरु समावेश रहेका थ्एि । विजेता तथा उप विजेता टिमलाई वन तथा भु संरक्षण मन्त्रालयका सचिब युवध्वज जि.सी नगद, शिल्ड तथा प्रमाण पत्र वितरण गर्र्नु भएको थियो । कार्तिक-२३, २०७४