27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 08:41

TRENDING .

छोटो मतपत्रः झन्झटिलो मतदान प्रक्रिया

- Advertisement -

निर्वाचन आयोगले उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न मात्रै समेटेर आगामी प्रतिनिधिसभाको मतपत्र बनाएको छ। आयोगको यो कार्यले प्रतिनिधिसभातर्फको मतपत्र निकै छोटो र छरितो बनेको छ। ‘यसपटकको निर्वाचनमा मतदातालाई मतदान गर्न निकै सहज हुने मतपत्र बनाएका छौं’, प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने, ‘जुन क्षेत्रमा जसको उम्मेदवारी परेको छ, त्यस्ता उम्मेदवारको मात्र चुनाव चिह्न राखेर मतपत्र बनाएका छौं।’ यो खबर नरेन्द्र साउदले आजको अन्नपूर्णमा लेखेका छन्।

मनाङ र मुस्ताङको प्रतिनिधिसभाका लागि कांग्रेस र एमालेका तर्फबाट मात्र उम्मेदवारी परेपछि ती क्षेत्रका मतपत्रमा कांग्रेस र एमालेका मात्र चुनाव चिह्न राखिएको छ। एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलका कारण सूर्य चिह्न भएको स्थानको मतपत्रमा माओवादी केन्द्रको चुनाव चिह्न गोलकारभित्रको हँसिया हथौडा छैन भने हँसिया हथौडा भएको मतपत्रमा सूर्य चुनाव चिह्न छैन। अघिल्ला निर्वाचनमा पट्यारलाग्दो लामो मतपत्रमा छाप लगाएका मतदाताका लागि अबको निर्वाचन मतपत्रका दृष्टिकोणले निकै सहज हुने आयोगको भनाइ छ।

स्थानीय तह निर्वाचनमा पनि धेरै चुनाव चिह्न समेटिएको लामो र पट्यारलाग्दो मतपत्रको सर्वत्र आलोचना भएको थियो। छोटो र छरितो मतपत्रका कारण आगामी निर्वाचनको मतगणना पनि छिटो हुने तथा मतपत्र बदर कम हुने प्रमुख आयुक्त यादवको विश्वास छ। ‘अघिल्ला चुनावको परिणाम आउनै धेरै दिन लाग्यो भने बदर मतको संख्या पनि उच्च देखियो’, यादवले भने, ‘अबको चुनावमा त्यस्तो हुँदैन भन्ने हाम्रो विश्वास छ।’

आयोगले सार्वजनिक गरेको पहिलो चरणको निर्वाचनको नमुना मतपत्रमा बाजुरा र मुगुको मतपत्र पनि निकै नै छोटो छ। यी दुई जिल्लाको प्रतिनिधिसभातर्फको मतपत्रमा ‘रूख, सूर्य र आँखा गरी तीन वटा मात्र चुनाव चिह्न छन्,।’ प्रनिनिधिसभातर्फ सबैभन्दा ठूलो मतपत्र दोलखाको छ। दोलखाको मतपत्रमा १५ वटा चुनाव चिह्न छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्र गोरखा २ को मतपत्र मध्यम खालको छ। त्यस क्षेत्रको मतपत्रमा प्रतिनिधिसभातर्फ ९ वटा चुनाव चिह्न छन्। त्यसैगरी संखुवासभामा ११, खोटाङमा १०, रसुवामा ११, धादिङ २ मा ११, सिन्धुपाल्चोक १ मा १३, रामेछापमा १२, लमजुङमा ११ चुनाव चिह्नको मतपत्र बनेको छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्