8.1 C
Kathmandu
Flowers in Chania

पश्चिमाञ्चल पेट्रोलियम डिलर्समा पुनः न्यौपाने

- Advertisement -

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिनयनको आगामी तीन वर्षे कार्यकालकालागि प्रेम न्यौपाने पुनः अध्यक्ष पदमा विजयी हुनु भएको छ । सोमबार भएको निर्वाचनबाट प्रत्यासी अशोक गुरुङ्लाई पराजित गर्दै न्यौपाने विजयी हुनु भएको हो ।

अध्यक्ष पदमा निर्वाचित न्यौपानेले १७५ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्दी गुरुङले १०२ मत प्राप्त गर्नुभएको थियो । कुल २९२ मतदाता रहेको एशोसियसनको निर्वाचनमा १७९ मत खसेको थियो ।

रुपन्देही, नवलपरासी, कपिलबस्तु, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, रोप्पा, प्युठान र बागलुङ् गरी ११ जिल्ला कार्यक्षेत्र रहेको एशोसियनसको वरिष्ठ उपाध्यक्षमा १८५ मतका साथ हिमाल गैरे, प्रथम उपाध्यक्षमा १६० मतका साथ योगन्द्र गुप्ता, द्वितीय उपाध्यक्षमा १५४ मतका साथ रजनीसराज आचार्य, महासचिवमा १८० मतका साथ हरिराम कसौधन, कोषाध्यक्षमा १६२ मतका साथ बिशाल गैरे, सचिवमा १५६ मतका साथ गोपालप्रसाद बस्याल, सहकोषाध्यक्षमा १७२ मतका साथ निरजनारायण श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

त्यस्तै ९ सदस्य पदमा कृष्णप्रसाद तिवारी, डासीराम अधिकारी, दिनेश न्यौपाने, दिपक भट्टराई, नारायणबहादुर बिष्ट, प्रदिपकुमार कानोडीया, बिष्णुदेव ओझा, लोकप्रसाद भुसाल, सन्तोषकुमार जोशी निर्वाचित हुनु भएको छ ।

त्यस्तै रुपन्देही जिल्ला प्रतिनीधिकालागि भएको निर्वाचनमा प्रेमराज गैरे निर्वाचित हुनु भएको छ । जिल्ला प्रतिनीधिकालागि गैरेले ६५ मत प्राप्त गर्नुभएको थियो भने अभिशेषक भारीले ६२ मत प्राप्त गर्नुभएको थियो । कार्तिक-२१, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्