8.1 C
Kathmandu
Flowers in Chania

अमेरिकाको टेक्सासमा चर्चभित्र गोली चल्यो, २७ को मृत्यु

- Advertisement -

अमेरिकाको टेक्सास प्रान्तको एक चर्चमा अन्धाधुन्द गोली प्रहार हुँदा २७ जनाको मृत्यु भएको छ । गोली लागेर केही घाइते भएका छन् ।

आइतबार सन्डरल्याण्ड स्प्रिङ्सका विलसन काउन्टी इलाकामा फस्ट वाप्टिस्ट चर्चमा  प्रार्थना सभा भइरहेको बेला बन्दुकधारीले गोली चलाएको हो । स्थानीय मिडियाका अनुसार कालो कपडा लगाएको करिब २०-३० वर्षको गोरो युवकले बिहान साढे ११ बजे चर्चभित्र घुसेर गोली चलाएको थियो ।

प्रहरीका अनुसार गोली लागेर पाँच वर्षदेखि ७२ वर्ष उमेर समूहका मानिसहरुको मृत्यु भएको छ । आक्रमणकारीलाई पनि प्रहरीले मारिदिएको छ । २० जना घाइते भएका र उनीहरुलाई हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

सामाजिक सन्जालमा राखिएको एक भिडियोमा चर्च बाहिरको इलाकालाई पुलिसले घेराबन्दी गरेर राखेको देखिन्छ ।

प्रान्तका गर्भनर ग्रेग एबटका अनुसार टेक्सासको इतिहासमै यो सबैभन्दा ठूलो आक्रमण हो । उनले यस घटनालाई घृणित भन्दै मृतक परिवारहरुप्रति समवेदना प्रकट गरेका छन् ।

जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘भगवान सन्डरल्याण्ड स्प्रिङ्स, टेक्सासका जनताको साथ देऊ ।’ २०७४, कार्तिक-२०

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्