27 C
Kathmandu
Tuesday, January 19, 2021
2021 Jan 19, Tuesday 11:14

TRENDING .

एमालेमा नेतृत्वको आलोचना, टिकट बितरणमा एकपक्षिय भएको आरोप

- Advertisement -

 

एमाले नवलपरासीमा टिकट बितरण गर्दा माधब नेपाल पक्षधरलाई बढारेर एक पक्षीय गरेको भन्दै जिल्ला नेतृत्वको कडा आलोचना भएको छ । नवलपरासीको ४ वटा संघीय निर्वाचनमा एक स्थानमा मात्र एमालेले टिकट लिएको र अन्य सबै माओवादी केन्द्रलाई दिएको भन्दै पार्टि नेतृत्वको खुलेर आलोचना भएको हो ।   नवलपरासीको ४ स्थानमा हुने संघिय निर्वाचनका लागि पश्चिम नवलपरासीमा स्वतन्त्र समुहका ह्रदयेश त्रिपाठी र माओवादी केन्द्रका नेता घनश्याम यादब उम्मेदवार बन्ने निधो भएको छ । ति स्थानका प्रदेशमा हुने निर्वाचनमा पनि केन्द्रमा केपी ओली सर्मथकलाई मात्र टिकट दिइएको छ ।

यता पुर्वी नवलपरासीको क्षेत्र नम्बर २ को संघीय संसदका लागि बैकल्पीक केन्द्रीय सदस्य तिलक महतले टिकट पाएका छन् भने प्रदेशमा (ख) मा जनकलाल श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । दुवै उमेद्वार केन्द्रमा ओली निकट मानिन्छन ।

प्रदेश क मा माओवादीका किसन शर्मा उम्मेदवार बन्ने भएका छन् । पुर्वी नवलपरासीको १ नम्बर क्षेत्रमा पनि माओवादी केन्द्रलाई टिकट दिइएको छ । पुवी नवलपरासीको केन्द्रीय संसदमा एमालेले टिकट पाउदा माधब नेपाल निकटका कृष्ण पौडेललाई टिकट दिनु पर्ने अबस्था आएपछि जिल्ला नेतृत्वले त्यो कोटा पनि माओवादीलाई जिम्मा लगाएको भन्दै नेतृत्वको आलोचना भएको हो । प्रदेश १ को क मा माओवादीलाई दिइएको र ख मा पनि एमाले नवलपरासीका अध्यक्ष रोशन गाहा मगरलाई टिकट दिइएको छ ।

४ वटा संघीय संसद र ८ वटा प्रदेशमा एकजना पनि माधव नेपाल पक्षधरलाई टिकट नदिइएपछि जिल्ला नेतृत्वको खुलेर आलोचना भएको हो ।

बुधवार देबचुली नगरपालिकामा निर्वाचन परिचालनका लागि आयोजित बैठकमा एमाले जिल्ला अध्यक्ष रोशनगाहलाई उपस्थित दुइ दर्जन जिल्ला तहका नेताले टिकट बितरणमा एकलौटी गरेको र बांकी सिट सबै माओवादीलाई बुझाएर असक्षमता प्रर्दशन गरेको भन्दै आलोचना भएको हो ।

जिल्ला अध्यक्ष रोशन गाहा , केन्द्रीय सदस्य बैजनाथ चौधरी र अर्का बैकल्पीक केन्द्रीय सदस्य तिलक महत सबै केन्द्रमा ओली निकट मानिन्छन् । ति सबैले टिकट पाएका छन् ।

बुधवारको बैठकमा भेला भएका ३४ जनाले जिल्ला नेतृत्वको आलोचना गरेका थिए । स्थानीय तहको टिकट बितरणमा पनि जिल्लामा माधब नेपाल पक्षधरलाई एउटा पनि गाउपालिका वा नगरपालिकाको प्रमुखमा उम्मेदवार बन्न दिइएको थिएन । टिकट सबै एक्लौटि गर्ने अनि हामी प्रचारमा लुरुलुरु हिड्नु पर्ने भन्दै कडा आलोचना भएको थियो ।

एमाले नवलपुरका अध्यक्ष रोशन गाहले टिकट बितरणमा केन्द्रले गरेको हुदा आफुहरुको खराब मनशाय नभएको भन्दै बचाऊ प्रयास गरेका थिए । नवलपरासीको क्षेत्र नम्बर एक वाट संघिय संसदका लागि गाउ, नगरपालिका , क्षेत्र र जिल्लावाट सिफारिमा परेका पुर्वसांसद कृष्ण पौडेल र डा गोपाल खनाल केन्द्रमा माधब नेपाल पक्षधर भएकै कारण संघिय संसदको टिकट एमाले जिल्ला नेतृत्वले माओवादीलाई सुम्पिएको आरोप छ । आफना पक्षधर नहुने बित्तकै टिकट माओवादीलाई सर्लक्क सुम्पीने र जिल्लामा आफ्नो भागमा परेको टिकट पनि ओली पक्षधरले एकलौटी गरेको आरोप असन्तुष्ट समूहले लगाएको छ । २०७४, कार्तिक-१५,

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्