8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीमा को कहावाट चुनाव लड्दै ? हेर्नुहोस

- Advertisement -

निर्वाचनका लागि नवलपुरको क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका महामन्त्री डा. शशांक काइराला , बाम गठवन्धनका भविश्वर पराजुली  र बैध माओवादीका पिताम्बर तिवारीले उमेद्वारी दिदैछन् । त्यसैगरि प्रदेश तर्फ (क) मा कांग्रेसका कृष्णचन्द्र नेपाली , बाम गठबन्धनका सूर्य न्यौपाने  भिड्ने छन् भने १ ख मा कांग्रेसका महेन्द्रध्वज जि.सी. र गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष रोशन बहादुर गाहा संगै बैध माओवादीवाट मणि न्यौपाने ले उमेद्वारी दर्ता गर्ने सम्बन्धीत पार्टीले जनाएका छन् ।

त्यस्तै क्षेत्र नं. २ मा काग्रेसका विष्णु कुमार कार्की, बाम गठबन्धनबाट एमालेका केन्द्रीय सदस्य तीलक महत र बैध माओवादीबाट पत्रकार नारायण पंगेनी चुनावी प्रतिस्पर्धामा उत्रने छन् ।  त्यस्तै प्रदेश तर्फ क्षेत्र नं. २ क मा कांग्रेसका जिल्ला सभापति विष्णु लामिछाने , गठबन्धनका लागि माओवादीका किसन शर्मा ले उमेद्वारी दर्ता गराउदैछन् भने २ ख मा कांग्रेसका गणेशमान श्रेष्ठ र गठबन्धनका तर्फवाट एमालेका जनकलाल श्रेष्ठ र बैध माओवादीबाट श्याम कुमालले मनोनयन गर्ने छन् ।

वर्दघाट सुस्ता पश्चिम नवलपरासी  जिल्लाको क्षेत्र नं १ मा एमालेबाट मधेशी नेता हृदयेश त्रिपाठी र काग्रेसका देवकरण जैसवालले मनोनयन दर्ता गर्नेछन् । १ क मा एमालेले दिपेन्द्र अधिकारी र कांग्रेसले विक्रम खनाल  १ ख मा कांग्रेसका मुकुर आचार्य र मधेशीको तर्फवाट एमालेको कोटामा मधेशी दलका अजय बहादुर शाही ले मनोनयन गर्ने सम्भावना छ । त्यसै गरि क्षेत्र नं. २ मा कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल र बाम गठवन्धनका तर्फवाट माओवादी केन्द्रका घनश्याम यादवका साथै २ (क) मा कांग्रेसका गुण निधि तिवारी ले मनोनयन दर्ता गर्ने भएका छन् त्यस्तै गठबन्धनका लागि एमालेका बैजनाथ चौधरी सम्भावना छ भने २ ख मा नाम टुङ्गो लागेको छैन । कार्तिक-१५, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्