8.1 C
Kathmandu
Flowers in Chania

नेपालका चर्चित उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसमा प्रवेश

- Advertisement -

नेपालका चर्चित उद्योगपति विनोद चौधरीको नाम नेपाली कांग्रेसले समानुपातिकबाट सांसदको सूचिमा राखेको छ । उनलाई मधेशी कोटाबाट समानुपातिकको सांसदको सूचिमा राखेको कांग्रेस संसदीय समितिका सदस्य एनपी साउदले बताएका छन् ।
नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा अर्वपती विनोद चौधरी समावेश गरिएका छन् । नेपाली काँग्रेसले आइतवार संसोधन सहित बुझाएको सूचीमा चौधरीको नाम रहेको छ।
चौधरीलाई कांग्रेसमा ल्याउन शशांक कोइरालाको सल्लाह अनुसार कांग्रेस नेता एवं भारतकालागि पूर्वराजदूत दीपकुमार उपाध्यायले भुमिका खेलेका थिए । त्यसमा कांग्रेस सभापति शेरबहादर देउवाले तत्काल सर्मथन जनाएका थिए ।
पहिलो संविधान सभाको चुनाव २०६४ मा एमालेको कोटाबाट संविधानसभामा गएका चौधरी एमालेका नेताहरुसँग सम्वन्धका कारण पनि एमाले पार्टीबाट सभासद भएका थिए।
पछिल्लो समयमा नेपालमा वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धन बनेपछि भने उनी लोकतान्त्रिक गठवन्धनसँग नजिक भएका थिए। नेपाली काँग्रेसका संसदीय वोर्डका एक सदस्यले चौधरी समानुपातिकमा काँग्रेसबाट सिफारिस भएको पुष्टि गरे। लोकतान्त्रिक गठवन्धनमा नेपालका घरानाहरु, व्यवसायीहरु उद्यमीहरु एकत्रित भएको सन्देश पनि हो चौधरी काँग्रेसबाट समानुपातिकमा पर्नु ति नेताले भने।
विनोद चौधरीको नवलपरासीको क्षेत्र नम्बर १ अन्तरगत दुम्कौलीमा चौधरी उद्योग ग्राम रहेको छ ।
विनोद चौधरीले आफूले पाउने सबै तलबमा ५० गुणा बढी थपेर नवलपरासीमा योजनावद्ध पूर्वाधार विकास निमार्ण र लगानी गरेका कारण चर्चामा रहेका थिए ।

नवलपरासी क्षेत्र नम्बर १ मा स्थानीय तहको मतपरिणामलाई (वडागत मतको विश्लेषणमा) कांग्रेस १९७० मतले पछाडी रहको अवस्थामा चौधरीलाई कांग्रेसबाट समानुपातिकको सूचिमा राखिनुलाई अर्थपूर्ण रुपमा हेरीएको छ ।
नेपाली कांग्रेस नवलपरासीका सभापति विष्णु लामिछानेले विनोद चौधरी कांग्रेसको आवश्यकता अनुसार ल्याइएको र समानुपातिक सांसदमा पहिलो नम्बरमा प्राथामिकताका साथ पार्टीले राखेको जानकारी दिए । ‘पार्टीलाई उहाँको आवश्यकता हो र परिवर्तित राजनीतिक सन्दर्भमा चौधरीजीलाई पनि उपयुक्त पार्टी कांग्रेस नै हो,’ लामिछानेले भने । कार्तिक-१४, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्