8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीमा आजदेखि राइनो संरक्षण गोल्डकप

- Advertisement -

मोफसलमानै सर्वाधिक धनराशिको पुरस्कार रहेको भनिएको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता नवलपरासीमा आजदेखि शुरु हुँदैछ । गैँडा संरक्षणका लागि हुँदै आइरहेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता यस वर्ष पनि नवलपरासीको कोल्हुवामा गर्न लागिएको हो । आयोजक टिमसहित देशभरका ए डिभिजनका ११ सहित १२ टिमको सहभागिता रहने छ । प्रतियोगिता कात्तिक २५ गतेसम्म संचालन हुनेछ ।

नन्दभाउजु उपभोक्ता समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा प्रथम हुनेले रु पाँच लाख २५ हजार ५५५ र द्वितीय हुनेले रु दुई लाख ५० हजार ५५५ पुरस्कार राशि पाउनेछन् ।

खेलकुद विकास र जैविक विविधताको संरक्षण गर्ने उदेश्यले आयोजना गरिएको सो प्रतियोगिताबाट देश विदेशमा गैँडा संरक्षणको सन्देश दिन लागिएको र प्रतियोगिताका लागि सबै तयारी पूरा भएको आयोजक नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिनुभयो । कार्तिक-१३, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्