8.1 C
Kathmandu
Flowers in Chania

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया बाट गणेश केसी

- Advertisement -
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आठौ विश्व सम्मेलन नजिकिँदै गर्दा अष्ट्रेलियाबाट गणेश केसी ले सचिव पदमा उम्मेद्वारी दिने घोष्णा गरेका छन् । यसअघि पनि सचिव पदमा उम्मेद्वारी दिएका केसी एनआरएनए अष्ट्रेलिया का पूर्वअध्यक्ष हुन् ।
केसीले एक पत्रकार सम्मेलनको आयोजना गर्दै सिड्नीमा आफ्नो उम्मेद्वारी घोषणा गरे । पत्रकार सम्मेलनमा केसीले एनआरएनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफुलाई क्रियासिल बनाउन पाउँदा खुशी लागेको बताए । उनले भने, “सन् २००३ मा स्थापित यो संस्थालाई यहाँसम्म ल्याईपुर्याउन अग्रज एबम सस्थापकहरुको भूमिका र योगदान महत्वपूर्ण रहेको छ । यो योगदानको उच्च मुल्यांकन गर्दै आगामी दिनमा सक्रिय युवा बर्गलाई नेतृत्वमा समेट्दै अगाडी बढ्न सकेमा यो परोपकारी सस्थाले लिएको उद्देश्य पुरा गर्न सहयोग मिल्नेछ ।”
आफुले एनआरएनएको स्थापनादेखि नै सक्रियताका साथ अभियानमा जोडिएको बताउँदै केसीले संस्थालाई राष्ट्रियस्तरमा अझ मजबुत र सशक्त बनाउने अठोट लिएको पनि स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा दोश्रो पटक पनि सचिव पदमा किन उम्मेद्वारी भन्ने प्रश्नको जवाफ दिँदै केसीले एनआरएन आईसीसी र एनसीसीबीचको सम्बन्ध बलियो बनाउँदै एक एनसीसी एक क्षेत्रमा लगानीको अवधारणाका साथ आफु यस पटक आएको बताए ।
उनले बैदेशिक रोजगारीमा देखिएका समस्याको समाधान गर्ने र नेपालमै सिपमुलक तालिमको व्यबस्था गर्न सरकारसँग सहकार्य गरी पहल गर्ने पनि आफ्नो उद्देश्य रहेको स्पष्ट पारेका छन् ।
    केसी सन् १९९५ देखि अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् । उनकै कार्यकालमा अष्ट्रेलियामा सामाजिक कल्याणकारी कोषको स्थापना भएको थियो । उनले नेपालको जलविद्युत क्षेत्रमा सामूहिक लगानीको अवधारणा एनआरएन आईसीसीले ल्याउँदा अष्ट्रेलियाबाट मात्रै २७ करोड लगानी गराउन आफु सफल भएको पनि बताएका छन् । उनले अष्ट्रेलियामा मात्र नभई मलेशियामा पनि गत वर्ष सामाजिक कल्याणकारी कोष स्थापनाको लागि सहकार्य गरेको र १ करोड रुपैयाँ संकलन गरी मलेशियामा रहेका नेपालीको हितमा परिचालन गरेको बताए ।

केसीले अन्त्यमा भने, “कम बोलौ धेरै गरौ भन्ने भावनालाई आत्मसाथ गर्दै एनआरएनका अधिवेशन प्रतिनिधिहरुले मलाई सहयोग गर्नुहुनेछ भन्ने मैले आशा लिएको छु ।”

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्