8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीमा राजपाका केन्द्रिय सदस्य सहित २ दर्जन नेपाली कांग्रेसमा प्रवेश

- Advertisement -

कावासोती, खगराज सापकोटा । राजपाका केन्द्रीय सदस्य विनाकुमारी थनेत सहित मधेशवादी पार्टीका दुई दर्जन नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । नेपाली काँग्रेस कावासोती नगर कमिटिले आयोजना गरेको कार्यक्रममा काग्रेस महामन्त्री डा. सशांक कोइरालाबाट पार्टी सदस्यता लिदै उनीहरु नेपाली काँग्रेसमा प्रबेश गरेका हुन् । यसरी पार्टी प्रवेश गर्नेहरुमा फोरम लोकतान्त्रिकका जिल्ला सदस्य रेखा पन्जियार, राजपाका जिल्ला सदस्य लक्ष्मण पञ्जियार, धन कुमारी महतो, स्वतन्त्र नेताहरु शिव बुढा, डिलकुमारी राना लगायतको समूह नेपाली काग्रेसमा प्रबेश गरेका हुन् । उनीहरु सवैलाई काँग्रेस महामन्त्री कोइरालाले टिका लगाएर पार्टी प्रबेश गराएका थिए । पाटी कार्यक्रममा बोल्दै कोईरालाले आफ्नो पार्टी प्रजातन्त्रको छहारी भएकोले अन्य पार्टीबाट बिचलित हुने सहाज सेवी सहज रुपमा अटाउने बताउनुभयो । वहाले बिचारको राजिनितीमा कोही सानो र कोही ठुलो नभनी देश र जनताको लागि काम गर्न नव प्रवेशीलाई प्रोत्साहित गर्नुभएको थियो । असोज-१८, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्