राजपाका नेता कार्यकर्तामा मात्र होईन कांग्रेस , एमाले, माओवादी केन्द्र लगाएतका राजनीतिक वृत्तमा समेत अनेकौ अड्कलबाजी काट्न सुरु भएको छ । अधिकांशले स्वार्थी राजनीतिमा सिद्धान्तको भन्दा चुनाव केन्द्रित राजनीति भएको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका छन् भने एमाले नेता कार्यकर्ताले मधेसमा एमालेको वर्चस्व रहेको दाबीसहित सामाजिक सञ्जालमा त्रिपाठीलाई स्वागत गरेका छन् ।
राजपा नवलपरासीका संयोजक पुरन चौधरीका अनुसार पार्टीमा बस्ने वा छोड्ने ब्यक्तिको नैसर्गिक अधिकारको विषय भएकाले यसलाई सामान्यरुपमा लिएको प्रतिकृया दिए । ‘उहाँ हाम्रो पार्टीको नेता हुनुहुन्थ्यो, हामी ब्यक्तिको पछि होइन पार्टीको सिदान्तको पछि लाग्ने भएकाले बैकल्पिक नेतृत्व चयन गर्न थालेका छौ ’ उनले भने, ‘राजपाका नेता कार्यकता विचलित बनेका छैनन्, व्यक्तिगत सहयोगीले बाहेक अरु कोही पनि त्रिपाठीको कदममा सहयोग गरेका छैनन् । ’
व्यक्तिगतरुपमा प्रदेश नम्बर ५ अन्र्तगतको स्थानीय तहको पहिलो चरणमा सम्पन्न चुनावमा नै राजपा सहभागि हुने इच्छा ब्यक्त गरेपनि पार्टी भित्र कुरा नमीलेपछि त्रिपाठी असन्तुष्ट बनेका थिए । दोसा्रे संविधान सभाको चुनावमा नवलपरासी जिल्लाको तत्कालिन ६ नम्बर निर्वाचन क्षेत्रबाट त्रिवाठी काग्रेसका देवकरण कलवार संग ठुलो मतान्तरले पराजीत भएका थिए ।
राजनीतिक विश्लेकहरुका अनुसार आगामी निर्वाचनमा राजपा बाट चुनाव लड्दा पराजित हुने डरले त्रिपाठी एमाले संग मिलेर गृह जिल्लाबाट चुनाव जित्ने दाउ.मा रहेको बताउछन् । प्रदेश र केन्द्रिय चुनावपछि मात्र त्रिपाठीले छुट्टै पार्टी खोल्ने वा अन्य कुनै कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने निक्यौल हुने विश्लेषकहरु बताउँछन् । असोज-१७, २०७४