भबिश्वर पाण्डे
कावासोती , १७ असोज । नवलपुर जिल्लाको प्रहरी चौकी अरुणखोलाले अवैधरुपमा बिक्रीबितरणको लागी ल्याईएको घरेलु मदिरा नष्ट गरेको छ । नवलपुर क्षेत्रको अरुणखोला देखि उत्तर तर्फ राकाचुलि र दुवारद क्षेत्रका स्थानियले अवैधरुपमा निर्माण गरि ठूलो परिणामको घरेलु मदिरा अरुणखोला बजारमा बिक्रीबितरण गर्ने ल्याउदा वेवारिसे अवस्थामा सोमबार दिउसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी अरुणखोलाका प्रमुख प्रहरी साहेयक निरिक्षक हरी बहादुर रानाको टोलिले ३ सय १५ लिटर घरेलु मदिरा प्रकाउ गरेको हो । प्रहरीले प्रकाउ गरेको उक्त्त मदिरा मगलबार बिहान घरेलु मदिरा नष्ट कार्यक्रमनै राखेर नष्ट गरेको थियो । प्रहरी चौकी अरुणखोलाका प्रमुख रानाले आफ्नो मातहतमा रहेका क्षेत्रहरुमा घरेलु मदिरा अवैध रुपमा निर्माण गरि बिक्री वितरणको लागी ल्याउदै गरेको थाहा पाएपछि नियन्त्रण गर्न जादा वेवारीसे अवस्थामा फेला परेको बताए ।
मगलबार घरेलु मदिरा नष्ट कार्यक्रम मध्यबिन्दु नगरपालीका १० नम्बर वडाका वडा अध्यक्ष चुरा बहादुर थापा , अरुणखोला बजार बिकास समितिका अध्यक्ष भगवन श्रेष्ठ , अरुणदय बिकास केन्द्र अरुणखोलाका अध्यक्ष राजकुमार श्रेष्ठ लगायत पत्रकार , स्थानिय समाजसेबिहरुको उपस्थितिमा नक्ष्ट गरिएको अरुणखोला प्रहरी चौकीका प्रमुख हरी बहादुर रानाले बताए ।