8.1 C
Kathmandu
Flowers in Chania

एमाले र माओवादी (केन्द्र) एउटै बन्दै, ७ बुँदे गोप्य सहमती, एकिकरण भए पहिलो कार्यकारी राष्ट्रप्रमुख प्रचण्ड

- Advertisement -

संघ र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै गर्दा देशमा नयाँ राजनीतिक ध्रुवीकरण देखिएको छ । एकअर्का प्रति आरोप प्रत्यारोप गरिरहेका नेकपा एमाले र माओवादी (केन्द्र) अब एक हुँदैछन् । तपाईलाई विश्वास नलाग्न सक्छ, अब यी दुई पार्टी एउटै हुने अवस्थामा पुगेका छन् ।

गोप्य राखिएको ७ बुँदे सहमती अनुसार दुवै पार्टी आसन्न संघ र प्रतिनिधि सभामा एउटै चुनाव चिन्हमा चुनाव लड्ने भएका छन् । यस्तै दुई पार्टी एकीकरण भई बन्ने नयाँ कम्युनिष्ट पार्टीको नेतृत्व प्रचण्डले गर्ने र संविधान संशोधन पश्चात देशको पहिलो कार्यकारी राष्ट्रप्रमुख पनि प्रचण्ड नै बन्ने उच्च स्रोतले बतायो । पार्टी एकीकरण र ७ बुँदे सहमतिको विषयमा केहीदिनमै पत्रकार सम्मेलन गरि जानकारी दिइने बताइएको छ ।

यस्तै हिजै बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय सचिवालय बैठकले नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको पार्टी एकता र आसन्न संघ एवं प्रदेश सभाको निर्वाचनमा चुनावी तालमेल गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक आसन्न निर्वाचनमा तालमेल र नेकपा (एमाले) सँग पार्टी एकताका विषयमा केन्द्रित रहेको थियो । बैठकले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । असोज-१७, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्