8.1 C
Kathmandu
Flowers in Chania

अब हुने सबै निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन प्रधानमन्त्री देउवाको आग्रह

- Advertisement -

बुत्वल, प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी जनताको हित र भावनाअनुसार संविधान संशोधन गरिने बताएका छन् । संविधान संशोधन कांग्रेसको नेतृत्वमै हुने उनले बताए ।

रुपन्देहीको मझगाँवामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले ठूलो पार्टीले मात्र संविधान संशोधन गर्नसक्ने भएकाले अब हुने सबै निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन आह्वान गरे ।

कांग्रेस सभापति समेत रहेका देउवाले प्रदेश र संघीय निर्वाचन भएमा संविधानको पूर्ण कार्यान्वयन हुने र लोकतन्त्रले पनि स्थायित्व पाउने भन्दै त्यसका लागि सबै एकजुट भई लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयनका लागि कांग्रेसले अब मधेशीसहित सबै वर्गको चाहनानुसार संविधानलाई संशोधनमार्फत पूर्णता गराउने प्रतिबद्धता व्यक्त गरे। अब देशको विकास, गाउँको विकास र जनताको विकासमा कांग्रेस लाग्ने नेता पौडेलले बताए । यसैगरी कांग्रेस महामन्त्री डा .शशांक कोइरालाले विकासका कामलाई पूर्णता दिने काम अब कांग्रेसको काँधमा आएको बताए। असोज-१६, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्