हुलाकी – नवलपरासीको कावासोतीमा बुधबार भारतीय ट्रकले मोटरसाईकलाई ठक्कर दिदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत कावासोतीको थकालिचोकमा पश्चिम बाट पुर्व आउदै गरेको युपि ३२ एफएन २७७१ नम्मरको भारतीय ट्रकले पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु ८ प ८३३७ नम्बरको मोटरसाईकलाई ठक्कर दिदा सो दुर्घटना भएको हो ।[wpdevart_youtube]zlwdlcTuHMg[/wpdevart_youtube]
ट्राफिक प्रहरी कार्यालय नवलपरासीका अनुसार दुर्घटनामा परि मोटरसाईकलमा सवार विनयीत्रिवेणी गाउंपालिका २ बस्ने २३ वर्षिय हेमन्त मगर र कावासोती ८ बस्ने दिनेश थापा मगरको मृत्यु भएको छ । ठक्कर दिने सवारी र चालक ईलाका प्रहरी कार्यालय कावासोतीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।