8.1 C
Kathmandu
Flowers in Chania

कवासोतीको काली गण्डकी अस्पताले मनायो २८ औं बार्षिकोत्सव, बिमोचन भयो ‘संजीवनी’

- Advertisement -

कावासोती, खगराज सापकोटा । नवलपरासीको कावासोतीमा रहेको काली गण्डकी अस्पतालले अब छिटै आईसीयु सेवा सहितको सर्प दंस उपचार संचालन गर्ने जनाएको छ । कालिगण्डकी फाउण्डेसन द्वारा संचालित काली गण्डकी अस्पतालले आफ्नो २८ औं बार्षिक उत्सवको कार्यक्रममा यस्तो बताएको हो । आज सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले नगरपालिकाले अस्पताललाई पैसा दिदा आफुले निकै आलोचना खेप्नुपरेको र छिटै अस्पताले लक्षित बजेटको सेवा सुचारु गरेको आफुले देख्न चाहेको समेत बताईन । आज बार्षिक उत्सवका अवसरमा अस्पताले प्रकाशन गरेको सर्प र सर्प दंस विशेषांक स्मारिका ‘संजीवनी’ को बिमोचन समेत गरेको छ ।  कार्यक्रमकी प्रमुख अतिथि पुनले उक्त स्मारिकाको बिमोचन गरेकी हुन । कार्यक्रम सस्थाका सस्थापक डा. गोपाल खनाल को सभापतित्वमा सम्पन्न भएको हो भने सस्थाका सदस्य डा. छाबिलाल थापाले सस्थाले स्थापना देखि बर्तमान समय सम्म गरेका प्रगति विवरण साथै स्मारिकामा समाबेश सामाग्रीका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रममा सस्थाका सदस्य आनन्द गुरुङले स्वागत गरेका थिए भने डा. देव प्रसाद पाण्डे, कमल देवकोटा, कवी दिपक सोती, बेद प्रसाद ढकालले शुभकामना मन्तव्य राखेका थिए ।असोज-९, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्