8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीमा सवारी दुर्घटना, एक जनाको मृत्यु, एक घाईते

- Advertisement -

नवलपरासीको मध्यविन्दु नगरपालिका–१० चोरमारा र अरुणखोलाबिच जंगलमा आईतबारराती ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार मध्यविन्दु नगरपालिका–१० निवासी २६ वर्षका लक्ष्मण कुमाल रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै मोटरसाईकल चालक २८ वर्षका ध्रुव रसाईली गम्भिर घाईते भएका छन् । घाईतेको भरतपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार ना २ ख ८०२९ नम्बरको पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ट्रकले पश्चिमतर्फ जाँदै गरेको लु १३ प २५९६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । ट्रक र मोटरसाईकल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । असोज-९, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्