8.1 C
Kathmandu
Flowers in Chania

भावी प्रधानमन्त्री र मुख्यमन्त्री घोषणा गर्ने विषयमा एमालेमा विवाद

- Advertisement -

एमालेमा प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्नुपर्ने विषयमा दुईथरी धारणा आएका छन् ।

केन्द्रीय कमिटिको बैठकमा शनिबार बोल्नेमध्ये धेरै नेताले तत्काल प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर चुनावी तयारीमा होमिँदा पार्टीको पक्षमा देशव्यापी माहोल हुनसक्ने सुझाव दिएका छन् ।

तर, नेता माधवकुमार नेपालनिकट केन्द्रीय सदस्यहरुले भने त्यसरी उम्मेदवार तय गर्दा पार्टीविरुद्ध घेराबन्दीसहित विपक्षीको सम्भावित मोर्चाबन्दी सामना गर्नुपर्ने भन्दै तत्काल निर्णय गर्न उचित नहुने सुझाव राखेका छन् ।

संस्थापन पक्षका अधिकांश केन्द्रीय सदसयले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर जाँदा पक्षमा चुनावी माहोल सिर्जना हुनसक्ने धारणा राखेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । २०७४ असोज-८

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्