कावासोती, कमला राना । मगर जातीको कला भाषा र संस्कृतिको संरक्षण गर्नको लागि राज्यको सहयोग आवश्यक भएको नेपाल मगर संघका केन्द्रिय महासचिव ज्ञानेन्द्र बहादुर पुनले बताउनुभएको छ । नेपाल मगर संघ जिल्ला कार्य समितिको आयोजना, नेपाल लेखक संघको सहआयोजना र क्रियाशिल पत्रकार महिलाको समन्वयमा भएको कार्यक्रममा बोल्दै उहाले सो कुरा बताउनुभएको हो ।
त्यस्तै क्रियाशिल पत्रकार महिलाहरु संगको अन्तरक्रियामा प्रतिक्रिया दिदै महासचिव पुनले राष्ट्रले एउटै भाषको सस्कारका रुपमा एकाङकी निती अवलम्बन गर्दा पछिल्लो समय मगर भाषा लोप हुदै गएको हुदा यसको संरक्षणमा सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।
स्थानियतहको निर्वाचन बाट अहिले मगर समुदाय बाट जनप्रतिनिधिहरुको राम्रो सहभागिता भएको हुदा तल्लो तहबाट नै कला सस्कृतिको लागि जग्रेना गर्न सबै लाग्नुपर्नेमा महासचिव पुनले जोड दिनुभयो । त्यस्तै मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द्र बहादुर रानाले नगरपालिकाले आदिवासी र मगरको भाषा, कला, सस्कृति गित संगीतहरुको संरक्षणका लागि बजेट विनियोजन गरिएको वताउनुभयो ।
देवचुली नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधि एवं जिल्ला कौरा नाचका अध्यक्ष मेघ बहादुर सारु मगरले मगर समुदायको प्रमुख मानिने कौरा नाचको लागि विभिन्न समस्याका कारण युवाहरु विदेश र युवतीहरु विवाह पश्चात छोडने हुदा लोप हुने अवस्था सिर्जना भएको बताउनुभयो ।
त्यस्तै मगर समुदायको कुनैपनि संस्कृतिको संरक्षणमा सरकारले ध्यान नदिदा मौलिक नाचहरु लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्लाका मगर समुदायबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो भने नेकपा एमालेका नवलपुर अध्यक्ष रोशन बहादुर गाहा लगाएत जिल्ला भरका मगर संघ, मगर लेखक संघमा आवद्ध पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो । असोज-७, २०७४