19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

नेपाल आइडलकी मेनुका पौडेलको आवाजमा केशवको देशप्रेमी गीत

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाल आइडलकी मेनुका पौडेलको आवाज तथा अमित सापकोटाको निर्देशनमा,सर्जक केशब पौडेलको देशप्रेमी गीत आऊने भएको छ । केहि समय अघि .” ऊहि खोलिमा पानी …” बजारमा ल्याएर दर्शक श्रोताको अत्यधिक माया पाएका चर्चित सर्जक केशब पौडेल ( हाल जापान ) ले पुन दर्शक श्रोताको मन छूने देश प्रेमी गीत ..” तराई मा धान झूल्दा..” नामक गीत लिएर आऊने भएका छन् । गत मंगलवार जापानको योकहामा स्थित एक खोलाको किनारमा उक्त गीतको छायांकन कार्य भएको सर्जक पौडेलले जानकारी दिए । गीत को निर्देशन भने जापान बाट सांगितिक यात्रा सुरु गरेका गायक अमित सापकोटाले गरेका छन् भने क्यामेरामा अर्जुन गौतमले काम गरेका छन् । गीतको भीडियोमा केशब पौडेल, पूजा पोडेल, अमित सापकोटा , राम खड़का नांसु पाण्डे ज्ञानु भाई ज्ञानेंद्र , सरू बिस्ट, यस.के. शर्मा गोबिंद कंडेल लगायतका कलाकार को भूमिका रहेको पौडेल ले जानकारी दिए । गीतमा नेपाल आइडलकी कोईली को उपनामले चर्चाको शिखरमा रहेकि गायिका मेनूका पौडेल र चर्चित संगीतकार तथा गायक श्री कृष्णबम मल्ल को रहेको र संगीत भने चर्चित संगीतकार रामकृष्ण बम मल्लको रहेको छ । गीतको सबै काम सकेर केहि समय मैं बजार मा ल्याउने सर्जक केशब पौडेलले जानकारी दिए । असोज-६, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!