नमुना एग्रो इन्भेस्ट प्रा लि द्वारा संचालित नमुना मिट मार्ट ले आई रहेको बडा दशैं, दिपावली लगाएत को चाड पर्व लाई लक्षित गरि शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । मिट मार्टले ग्राहक बर्गलाई लक्षित गरि संचालनमा ल्याएको उपहार पनि सार्बजनिक गरेको थियो । नवलपुर माछा पसलका प्रोपाईटर एबं उद्द्मी कृष्ण बहादुर गुरौ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मा नमुना एग्रो इन्भेष्ट प्रा लिका अध्यक्ष एबं पत्रकार मधुकर लुईटेलले कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढे पनि राज्यले उचित नीति बनाउन नसकेको बताउनु भयो । राष्ट्रिय उत्पादन लाई बढावा दिई मासुमा रहेको पर निर्भरतालाई कम गर्नको लागी युवा लक्षित कार्यक्रम हरु ल्याउनु पर्ने उहाँ को भनाई थियो । उपहार योजना अन्तर्गत बिजेतालाइ टेलिभिजन लगायतका उपहार प्रदान गरियको थियो .
- Advertisement -
- Advertisement -