19.1 C
Kathmandu
Sunday, November 28, 2021
Your Ad Here  9857041698

आगलागीमा एकै परिवारका ४ जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

जिल्लाको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा आगलागी हुँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ ।

५५ वर्षीय चन्द्रबहादुर राईको काठको दुईतले घरमा बिहीबार बिहान ३ बजे अचानक आगलागी हुँदा उनीसहित ४ जनाको ज्यान गएको हाे ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी विष्णुहरि कोइरालालेआगलागीबाट घरभित्र सुतेका चन्द्रबहादुर, उनकी ८६ वर्षीया आमा गंगामाया राई, उनकी श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राईको मृत्यु भएको जानकारी दिए ।

आगो विराटनगर, इटहरी र दमकका समेत गरी तीनवटा वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ५ बजे नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी काेइरालाले जानकारी दिए । असोज-५, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!