27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 07:46

TRENDING .

८८ किलो सुनका मालिक मिङ दम्पत्ति, तीन भारतीयसहित ५ पक्राउ

- Advertisement -

अघिल्लो महिना बरामद भएको ८८ किलो सुनको मालिक चिनियाँ नागरिक मिङ दम्पत्ति भएको खुलेको छ । साथै तस्करीमा संलग्न तीन भारतीय र दुई नेपाली सुन व्यवसायी पक्राउ पनि परेका छन् । प्रहरीले भदौ १९ गते क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको थियो । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार यो सुन चिनियाँ नागरिक पान विई मिङ र याङ वेन विङको भएको खुलेको छ ।

मिङ दम्पत्तिले क्षेत्रपाटीमा काठमाडौं वान होटल सञ्चालन गर्दै आएका छन् । यो सुन तस्करीमा मिङ दम्पत्ति संलग्न देखिएको महाशाखाका एसपी नरेशप्रसाद उप्रेतीले बताए । प्रहरीले पाँच सुन व्यापारीलाई पक्राउ परेको छ । न्यूरोडस्थित रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी गहना पसलका सञ्चालक गणेश दत्त वडुलाई १० लाख ८२ हजा नेपाली, ८ लाख भारु र ११ सय डलरसहित पक्राउ गरेको छ ।

यस्तै भारत महाराष्ट्र घर भई ओटुमा पशुपति सुनचाँदी खार्नी पसल सञ्चालन गर्ने नन्दकुमार मर्गले, सिद्धनाथ सुनचाँदी खार्नी पसलका उल्लास दिनकर सालुखे र शाक्य सुनचाँदी पलसका सञ्चालक शुभरत्न शाक्य पक्राउ परेका छन् । शाक्यको साथबाट १ करोड ४२ लाख नगद, एक केजी २०९ ग्राम सुन र २ हजार ४७८ चाँदीका सिक्का बरामद भएको छ । यसैगरी भारत विहार घर भई नरदेवीमा रविश्या ट्रेडर्स सञ्चालन गर्ने सत्यनारायण अग्रवाललाई १३ लाख ५० हजारसहित पक्राउ गरेको छ ।

२०७४ असोज-४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्