नेपाली कांग्रेस नवलपरासीले छिटो भन्दा छिटो नवलपरासीको नवलपुर (पूर्वी भाग) लाई नामाकरण गर्न प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक काेइरालाकाे नेतृत्वमा गएको टाेलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटि पूर्वि नवलपरासी काे नामाकरण ‘नवलपुर’ र सदरमुकाम कावासाेती घोषणा गर्न माग गरेको हो । मन्त्री परिषद्काे अागामी बैठकले सो निर्णय गर्ने प्रधानमन्त्री काे अाश्वासन पाएको समेत टोलीमा सहभागी रहनुभएका नेपाली कांग्रेस नवलपरासी सभापति बिष्णु लामिछानेले बताए ।
गत साता मात्रै सरकारले नवलपुर क्षेत्रकाका लागी नवलपरासीको परासीमा रहेको जिल्ला प्रशाशनमै केहि भाग छुट्टाएर नवलपुर क्षेत्रको लागि काम कारवाही गर्न भनि सरकारले परिपत्र गरेको थियो । त्यस कार्यको बिरोध चौतर्फी बढेका बेला नेपाली कांग्रेसले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको हो । असोज-१, २०७४